२६ जेठ २०८३, मंगलबार

भारतीय मोटरसाइकलमा गाँजा तस्करी

भारतीय मोटरसाइकलमा गाँजा तस्करी

सर्लाही, २० चैत– प्रहरीले १३ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिपुर इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले सर्लाहीको कबिलासी नगरपालिका–२ मा १३ किलो १६० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–९ का ३५ वर्षीय मदन राउन र कौडेना–६ का का ५५ वर्षीय पचु सहनी छन् । 

भारतीय नम्बरप्लेट बीआर ०६ एसी ११० भएको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सहनीको साथबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

सर्लाहीको हरिवन डावरीबाट प्रतिकेजी ५ हजार रुपैयाँमा खरिद गरी सर्लाहीकै लक्ष्मीपुर सुखचैनामा ७ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री गर्न लैजाने क्रममा उनीहरुको साथबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्