काठमाडौं, २२ चैत– नेकपा एमाले र माओवादीबीच वैशाख ९ गते पार्टी एकता गर्ने सहमति जुटेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सकिएको पार्टी एकता संयोजन समितिको बैठकले वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गरेको हो । बैठकपछि प्रतिक्रियाँ दिँदै एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले भने,‘पार्टी एकता वैशाख ९ गते गर्ने सहमति भयो’ ।
तर संयोजन समितिको बैठकमा कार्यदलमा सहमति नजुटेका तीनवटा विवादित विषयमा भने सहमति जुट्न सकेन ।
अब प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षको भारत भ्रमणपछि विवादित विषय टुंगो लगाउने तयारी गरिएको छ ।
कार्यदलमा चुनाव चिह्न, प्रस्तावनामा जनयुद्ध र ५०/५० को सहभागीताका विषयमा कुरा मिल्न सकेको छैन ।