
काठमाडौँ, २७ चैत-मन्त्री भएका सांसदका नाममा संसद सचिवालयको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ ।
शाखाले केही मन्त्रीले हिसाव मिलान नगरेको जनाएको छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ -शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने बताए ।
'सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ,' उदासले भने, 'सांसद भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौं ।'