×

NMB BANK
NIC ASIA

रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता]

चैत २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठकले २०७५ लाई कर्णाली–रारा पर्यटन वर्ष २०७५ को रूपमा मनाउने निर्णय गर्‍यो । उक्त अभियानको आगामी वैशाख १ गते रारामा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रमको तयारी, कार्यक्रम गर्नुको औचित्य र आवश्यकताबारे लोकान्तरकर्मी शेरबहादुर थापाले कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालासँग कुराकानी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रस्तुत छ कुराकानीको सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली–रारा पर्यटन वर्षको तयारी कस्तो छ ?


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनको तयारी तीव्र गतिमा गरिरहेको छ । अहिलेसम्म प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरू लगायत सम्पूर्ण आमन्त्रितलाई निम्ता दिने कार्य सम्पन्न भएको छ । रारामा प्रधानमन्त्री आउने कुरा पक्का भएको छ । केही माननीय सांसदहरूले रारामै रहेर तयारी गरिरहनुभएको छ ।

Vianet communication
Laxmi Bank

यहाँ आउने अतिथिहरूलाई खाने बस्ने व्यवस्था गर्न तयारी भइरहेको छ भने मञ्च बनाउने काम पनि शुरु भएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट कर्णाली रारा पर्यटन वर्षको प्रचार–प्रसारका सामाग्रीहरू तयार भएको र विभिन्न सञ्चार माध्यमबाट प्रकाशन÷प्रसारण भइरहेका छन् ।

स्वागतद्वार बनाउने काम पनि भइरहेको छ । समग्रमा भन्दा हामी कार्यक्रमलाई ऐतिहासिक बनाउन अहोरात्र खटिरहेका छौं । उद्घाटन समारोहको तयारीका हिसाबमा भन्दा हामी अन्तिम चरणमा पुगेका छौं, भन्दा हुन्छ ।

पर्यटन वर्ष नै किन ?

प्रदेश सरकारले कर्णालीको सबैभन्दा ठूलो समृद्धिको आधारकारूपमा पर्यटनलाई देखेको छ । हामीसँग एक से एक पर्यटकीय स्थल, धार्मिक स्थलहरू छन्, जो प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन् ।

ती पर्यटकीय गन्तव्यलाई तीव्ररूपमा प्रचार प्रसार गर्ने, ती क्षेत्रमा दुनियाँको ध्यान केन्द्रित गराउने अनि जनताको जीवनस्तर उकास्ने मुख्य उद्देश्यका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौं । 

पर्यटकहरूको संख्या अत्यधिक मात्रामा वृद्धि गर्ने र कर्णाली प्रदेशमा आर्थिक वृद्धि गर्ने हाम्रो चाहना रहेको छ । हामीले वर्षभरि प्रदेशका सबै जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गर्नेछौं र उत्साहका साथ कर्णाली समृद्धिका लागि पर्यटन वर्ष मनाउने छौं ।

विना तयारी र संरचना पर्यटन वर्ष मनाइँदै छ, कसरी गर्नुहुन्छ व्यवस्थापन ?   

पहिले मान्छेहरू रारा हेर्थे, फर्किन्थे । पर्यटकहरूलाई व्यवस्थितरूपमा बसाल्ने र सुविधा दिन सकेको अवस्था थिएन । जनताले रोजगारी पनि पाएका थिएनन् । यो साँचो कुरा हो । तर अब प्रदेश सरकार बनेको छ । हामीले वैशाख १ गते रारा आउने पाहुनाहरूलाई अर्ग्यानिक खाना खुवाउने, सकेसम्म जनताको घरमै बसाल्ने तयारी गरेका छौं ।

बाहिरबाट चाउचाउ लिने र फोहोर गर्ने भन्दा त्यहीँका अर्ग्यानिक खानाहरू खाने, त्यहीँका अर्ग्यानिक गिफ्टहरू किनेर लैजाने वातावरण हामी बनाउँछौं ।

विभिन्न पूर्वाधारको कमीले विगतमा त्यस्तो भए पनि अब हामी पर्यटकलाई सुविधा र जनतालाई रोजगारी दिने गरी कार्यक्रम ल्याउँछौं र प्रदेश समृद्धिको यात्रामा अघि बढछौं ।

रारामा रहेको निकुञ्जसँग सरकारले समन्वय गरेको छ । होटलसँग पनि समन्वय गरिरहेको छ । जिल्ला समन्वय समिति, नगरपालिका, गाँउपालिका, जिल्ला प्रशासन सबै उक्त कार्यक्रमका लागि परिचालित छ । जनप्रतिनिधिहरू पनि कार्यक्रमलाई सफल बनाउन खटिरहेका छन् त्यसैले त्यहाँ त्यस्तो खासै समस्या हुनेछैन । तर दीर्घकालीन समस्या समाधानका लागि प्रदेश सरकारले योजना बनाउँछ र अघि बढ्छ ।

प्रधानमन्त्रीकै प्रमुख आतिथ्यतामा प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने भनिएको छ, यहाँहरूले प्रधानमन्त्रीबाट केही अपेक्षा राख्नुभएको छ ?

हामीले प्रधानमन्त्रीलाई पहिले नै तयारी गरेर केही निश्चित मागहरू राख्नेछौं । हामीले राराबाटै केही महत्वपूर्ण घोषणा गर्न प्रधानमन्त्री ज्यूलाई लगाउनेछौं ।

हाम्रो अहिलेको टार्गेट भनेको भौतिक पूर्वाधार निर्माण नै हो । सुर्खेत–हिल्सा सडक (प्रधानमन्त्री पर्यटन विकास मार्ग) लाई राष्ट्रिय गौरवको आयोजनका रूपमा लिन आग्रह गर्ने, हिल्सा नाका खोल्ने र भन्सार स्थापना गर्ने, पर्यटन क्षेत्रको विकासका लागि केन्द्रले ध्यान दिनुपर्ने, अन्य प्रदेश जोड्ने सडक निर्माण, विद्युत् क्षेत्रको विकास गर्ने, अर्ग्यानिक उत्पादनका लागि केन्द्रीय सरकारको सहयोगका लागि आवश्यक कदम चाल्न आग्रह गर्ने लगायतका मागहरू पूरा हुने हाम्रो अपेक्षा छ ।

कर्णालीको समृद्धिको आधार के हो ?

कर्णाली सम्भावनको भण्डार हो । कर्णालीलाई जलस्रोतको हब बनाउन सकिने, कृषिमा अर्ग्यानिक प्रदेश बनाउन सकिने, ठूला पशु वस्तुहरूका ठूला फार्महरू खोल्न सकिने, बहुमूल्य खनिजहरू पर्याप्त भएको, पर्यटनको हिसाबले त हामी धनी नै छौं । जडिबुटीको पर्याप्त सम्भावना भएको कर्णाली प्रदेश हो । यसमा लगानी गर्न हामीले लगानीकर्ताहरूलाई आह्वान गरिरहेका छौं ।

केन्द्र सरकारलाई पनि आग्रह गरिरहेका छौं भने पर्यटकहरूलाई कर्णाली हेर्न आइदिन अनुरोध गर्दै आएका छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x