×

NMB BANK
NIC ASIA

राजदूतहरूलाई बेलगाम छाड्न मिल्छ ? [अग्रलेख]

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
कूटनीतिक मर्यादाको प्रश्न

युवा एवं विद्यार्थीहरूको एक प्रतिनिधिमण्डलले आइतवार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई एक ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नेपालमा कार्यरत विदेशी दूतावासका केही कूटनीतिक कर्मचारीको आचरण पद अनुसारको नभएको समेत उल्लेख भएको रहेछ । र, नेपालको घरेलु राजनीतिमा ‘अस्वाभाविक चासो’ राखेको हुँदा भारतका राजदूत रणजीत रायलाई स्वदेश फिर्ता गरिदिने माग भएको देखिन्छ । माग अनुसार गर्दा नेपाल सरकारले रायलाई अवाञ्छित व्यक्ति घोषित गरी निश्चित अवधिभित्र देश छोडी जाने सूचना दिनुपर्ने हुन्छ ।

नेपाल र भारतका बीच यतिञ्जेल त्यस्तो स्थिति आएको थिएन यद्यपि कूटनीतिक कर्मचारी निष्काशनमा पर्ने कुरा नौलो होइन । भारतले पाकिस्तानका कूटनीतिक कर्मचारीलाई बरोबर यस्तो आदेश दिन्छ र पाकिस्तानले पनि त्यस्ता आदेशको प्रत्युत्तर उसै ढंगले दिने गरेको देखिन्छ । संयुक्त राज्य अमेरिका र रुसी संघले पनि बेलाबखत आफ्नो असन्तुष्टि यस्तै निर्णयमार्फत प्रकट गर्छन् । प्रायः यस्ता घटनामा कूटनीतिक आवरणमा गुप्तचरी कार्यमा संलग्न ठानिएका व्यक्तिहरू पर्ने गर्छन् ।

नेपालका युवा, विद्यार्थीको समूहले अहिले उठाएको आवाज भारतका राजदूत रायप्रति नै लक्षित भएको हुनाले विषय गम्भीर देखिएको हो । अर्को शब्दमा, विगत डेढ—दुई वर्षको अवधिमा भारत सरकारले नेपालप्रति दुराग्रह राख्दै आर्थिक नाकाबन्दी समेत लगाएको तथ्य जगजाहेर छ । नयाँ संविधानबारे दिल्लीको कुनै धारणा भए कूटनीतिक माध्यमद्वारा ध्यानाकर्षण गराउन सकिने बाटो खुला छँदाछँदै नाकाबन्दी गरेर नेपालको सम्पूर्ण जनसंख्यालाई सकसमा पारिएको थियो । नेपालले मूल्य तिरेर खरीद गरेका इन्धन, औषधि र अन्य दैनिक आवश्यकताका सरसामानलाई नेपाली भूभागमा भित्रिन नदिने कार्य निस्सन्देह निन्दनीय हो । औषधि र उपचारका अन्य सामग्रीको आपूर्ति रोक्नु त अमानवीय व्यवहार हो ।

हुन त दिल्लीले आपूर्तिमा अवरोध नेपालको सिमानामा मधेसी नेता कार्यकर्ताले गराएका हुन् भन्दै आएको छ, तर ती मधेसी भनिने नेताहरूलाई उक्साउने काम भारत सरकारकै संयन्त्रहरूबाट भएको यथार्थ घाम जत्तिकै छर्लंग छ । परन्तु यो अनुचित कार्यबापत भारतका राजदूत र तिनका सहयोगी कूटनीतिक कर्मचारीहरूले नेपाली जनतासित क्षमाशील, विनयशील हुने हिम्मत गरेका छैनन् । उल्टो नेपालको घरेलु राजनीतिमा प्रभाव पार्न प्रमुख दलका नेता र विरोधी जमातलाई उक्साउने काम गरिरहेको अनुभव हुन्छ । र, सम्भवतः त्यसै कारणले युवा—समुदाय जनआक्रोशलाई मुखरित गर्दै मन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्न परराष्ट्र मन्त्रालय गएको हो ।

सार्वभौम संविधानसभाको ९० प्रतिशत समर्थनबाट जारी भएको नेपालको संविधानको स्वागत नगरेको भारतले उक्त संविधान संशोधनका लागि पेश भएको विधेयकको स्वागत गरेपछि मामिला विवादास्पद बनेको थियो । भारतको उक्त कदमले नेपालको आन्तरिक राजनीतिमा नांगो हस्तक्षेप गरेको भनेर टिप्पणी गर्ने क्रम रोकिएको छैन ।

समसामयिक सन्दर्भमा भारतीय राजदूत बढी चर्चामा आएपनि अवाञ्छित गतिविधिको कारण विवादमा पर्ने कूटनीतिज्ञ राय मात्र होइनन् । ठूला, शक्तिशाली कहलिने अन्य केही देश र संस्थाका प्रतिनिधि पनि विवादको घेरामा परेका छन् । युरोपेली संघको नेपालका लागि राजदूत रेन्से टीरिंक यसै कोटिमा पर्छिन् । उनले मानवअधिकार र महिला अधिकार समेतको निहुँमा नेपालको राष्ट्रिय अखण्डतामा आँच पु—याउने र सामाजिक सद्भाव खल्बल्याउने कार्यमा लागेका असामाजिक तत्वहरूलाई नैतिक, भौतिक सहयोग उपलब्ध गराएको भन्ने चर्चा परिचर्चा बाक्लो भएको छ । टीरिंकले यी चर्चा, टिप्पणीहरूको खण्डन गरेकी छिन् । यसै क्रममा उनले ‘असल पत्रकारिता’को पाठ नेपाली सञ्चारकर्मीहरूले लिन बाँकी रहेको धारणा नयाँ पत्रिका मार्फत व्यक्त गरेकी छिन् ।

युवा समूहका ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री महतले कूटनीतिक गतिविधिलाई मर्यादित र व्यवस्थित गराउने प्रतिबद्धता जनाएको जानकारी युवा—विद्यार्थीहरूको समूहले सार्वजनिक गरेको छ । मन्त्रीको वचनबद्धताले कार्यरूप पाउने अपेक्षा गरौं । साथै, नेपाली जनताको स्वाभिमानमा ठेस पुग्ने कार्य, भाषण र अन्तर्वार्ताका सिलसिला रोक्न सरोकारवाला विदेशी नियोग सञ्चालकहरूलाई सजग रहन आग्रह गरौं ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x