
चितवन, ५ वैशाख– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात क्षेत्रमा जस्तै अन्य क्षेत्रमा ब्याप्त सिण्डिकेट पनि अन्त्य गर्ने बताएका छन् । उनले बिस्तारै सिण्डिकेट अन्त्य गरेर अघि बढ्ने सरकारको योजना रहेको गृहमन्त्री बादलले बताए ।
चितवनको भरतपुर विमानस्थलमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
शान्ति सुव्यवस्थाका लागि यातायात क्षेत्रमा भएको सिण्डिकेटलाई अन्त्य गरेको भन्दै गृहमन्त्री थापाले सबैको सहयोगको खाँचो रहेको बताए । गैर नाफामुलक संस्था नाफामुलक भैरहेकोले यसतर्फ सरकारको ध्यान गएको उनको भनाइ छ ।
अब सरकारको ध्यान शान्ति सुरक्षालाई सुदृढ गर्ने रहेको थापाको भनाइ छ । उनले अहिले चितवनमा विद्यालय भर्ना नभएकाहरुलाई भर्ना गर्ने अभियानमा चितवन आएको समेत बताए ।
निकट भविश्यमा शत प्रतिशत साक्षरता बनाउने योजनाका साथ सरकार लागेको बादलको भनाइ थियो ।