
भगवानको रङ–रुपमा वदलाव गर्ने दुस्साहस कसैले गर्दैन । केही महिना पहिला हुनमानको ‘मुड’ फेरिएको छ ।
यो परिवर्तन निकै हिट भएको छ । तर केही रामभक्त हनुमानको यो रुप मनपराइ रहेका छैनन् । उनीहरुलाई लाग्छ कि यो हनुमान जीको शास्त्रमा गरिएको छवीको वर्णन भन्दा ठीक उल्टो छ ।
भारको कयौं शहरुहरुमा कुद्ने गाडीको पछाडिको सिसामा हनुमानको यो रौद्र रुप वाला तस्वीर लगाइएको छ । रामको सेवा भावमा रहने हनुमानको यो आक्रामक भर्जन मानिसहरुले मनपराइरहेका छन् ।
भारत केरलाका चर्चित चित्रकार रवि वर्माले हिन्दू देवी देवतालाई मानवीय रुप दिएका छन् । कथाका आधारमा बनाइएको चित्र मानिसमा निकै गहिरो रुपमा गढेको छ ।
हामी मध्ये धेरैले हुनमानलाई रामको सेवा भावमा हात जोडेर प्रफुल्लित भएको अवस्थाको तस्वीरहरु हेरेका छौं, र हनुमानलाई स्मरण गर्ने वित्तिकै त्यही तस्वीरको स्मरण हुन्छ । तर खुला केससहित आगो वर्षाउनेवाला हनुमानको के आवश्यकता प¥यो ? जो यतिवेला भारतमा चर्चित छ ।

यो संयोग हो कि हनुमानलाई नयाँ रुप दिने वाला कलाकार पनि केरलाका हुन् । उनको नाम करन आचार्य हो । उनी भन्छन्,‘मैले त उसै यस्तो तस्वीर बनाएको थिए तर निकै चर्चित बन्यो ।’
करन आस्तिक हुन् उनी भगवान हुनमानमा गहिरो श्रद्धा राख्छन् सधै हनुमान चालीसा पाठ गर्छन् ।
उनले तीन साल पहिला बनाएको यो हनुमानको तस्वीर अचानक हिट भएको हो । एक साथिलाई केही अलग चाहिएपछि उनले यो तस्वीर बनाएका थिए । सामाजिक सञ्जालमा राखिएसँगै यो तस्वीर मानिसहरुले निकै मन पराए । जसलाई मासिनहरुले स्टिकरको रुपमा गाडी, बाइक, पसल लगायतमा प्रयोग गरेका छन् ।
केहीले आफू हनुमानको भक्त भएको र उनको आक्रामक रुपले आफू मोहित भएको कारण तस्वीर गाडीमा लगाएको बताएका छन् ।
केहीले भने देशको अवस्थाका कारण हनुमानको यस्तो रुप स्वभाविक भएको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ । उनले अन्य भगवानको पनि फरक अवतारको चित्र बनाएका छन् ।
