×

NMB BANK
NIC ASIA

माइग्रेनको पीडा चस्मा लगाएर र एमआरआई गरेर ठिक हुँदैन : डा. रौनियार

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० वैशाख– टाउको दुखेमा सकेसम्म सहने र अत्याधिक पीडा भएमा मेडिकलबाट ‘पेन किलर’ किनेर खाने नेपालीको बानी छ ।

Muktinath Bank

टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिने गरिन्छ । तर टाउको दुख्ने समस्यालाई समान्य रुपमा लिँदा त्यसले दिर्घकालिन रुपमा अन्य असर समेत गर्न सक्छ । त्यसैले टाउको दुख्नुलाई सामान्य रुपमा नलिन चिकित्सकहरुको सुझाव छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टाउको दुख्ने समस्या विभिन्न कारणले उत्पन्न हुन्छ । स्नायु सम्बन्धि समस्या तथा अन्य रोगको कारण टाउको दुख्ने समस्या हुन्छ । टाउको दुख्ने विभिन्न कारण मध्ये माइग्रेन पनि एउटा प्रमुख कारण हो । 


Advertisment
Nabil box
Kumari

टाउको दुख्ने समस्या लिएर अस्पतालमा आउँनेहरु मध्ये ३० प्रतिशत मानिसमा माइग्रेनको समस्या देखिने गरेका ग्राण्डी अस्पतालका न्यूरोलोजिस्ट डाक्टर विवेक रौनियारले बताए । उनले लोकान्तरसँग भने, ‘माइग्रेन न्यूरो भाष्कुरल कन्डिसन हो । माइग्रेन कमन कन्डिसन हो । मस्तिस्कमा हुने रक्तनली सुन्निएर वा फुलेर नसाहरु तन्किन्छ । जसले टाउको दुख्ने समस्या हुन्छ ।’

Vianet communication
Laxmi Bank

डा. रौनियारका अनुसार माइग्रेनका लक्षणहरु यस्ता हुन्छन्

टाउकोको एकापट्टि भागमा अत्याधिक पीडा हुने गरी दुख्छ ।
दुखाई औषत रुपमा चार घण्टादेखि ७ दिनसम्म हुन्छ ।
दुखाइसँगै वाक वाक लाग्ने, वान्ता हुने समस्या हुन्छ ।
दुखेको समयमा चिडचिडापन हुने ।
बोल्न मन नहुने ।
बत्तिको उज्यालोमा बस्न नसक्ने ।
केही कार्य गर्दा दुखाई अझै बढ्ने ।

यस्ता कारणले आउछ माइग्रेनको समस्या

माइग्रनको लक्षण सबैमा एउटै हुँदैन । डा विवेक रौनियारका अनुसार माइग्रेनको दुखाइ हुने धेरै कारण हुने भएपनि प्रमुख कारणहरु यस्ता छन् 

चर्को घाममा जाँदा ।
धेरै गर्मी धेरै जाडो मौसम हुँदा ।
हेरै चर्को आवज तथा होहल्ला हुँदा ।
धेरै काम गर्दा ।
नराम्रो कुरा सुन्दा वा तनाव हुँदा ।
दुःखी भएमा माइग्रेन हुन सक्छ ।
निद्रा पुगेन वा धेरै सुत्दा पनि माइग्रेन हुन सक्छ ।
कफि,चकलेट, मदिरा सेवनले पनि माइग्रेनको लक्षण आउँछ ।
अजिनोमोटो हालिएको खानेकुरा ।
खाना नखादा ।
महिनावारी भएको समयमा आउँन सक्छ ।
पफ्युम, पेट्रोल, डिजेलको गन्धले पनि माइग्रेन हुनसक्छ ।

रोगबारे जानकारी नहुँदा गलत उपचारमा पैसा र समय खर्च 

माइग्रेनको कारण टाउको दुख्ने समस्या भएपनि नेपालमा माइग्रेनको विषयमा जनचेतना नहुँदा बिरामीहरुले सही उपचार पाउँन सकेका छैनन् । माइग्रेनको विषयमा जनचेतना नहुँदा बिरामीले अनावश्यक रुपमा खर्च मात्रै गर्नै गरेको र ठिक भने नहुँने गरेको डा. रौनियारले बताए ।  मानिसमा रोगको विषयमा राम्रोसँग जानकारी नहँुदा सुरुकै अवस्था माइग्रेनको उपचारमा ढिलो पुग्ने गरेको उनको भनाइ छ । 

‘धेरै माइग्रनेका बिरामीहरु आँखा चेकजाँच गराउँने सिटि स्क्यान तथा एमआरआइ गर्ने गर्छन् ।  अन्य कारणले टाउँको दुखेको हो कि भनेर पत्ता लगाउँनु ठिकै हो । तर माइग्रेनको दुखाइ आँखामा चस्मा लगाएर र एमआरआइ गरेर ठिक हुँदैन’ उनले भने,‘माइग्रेनका बिरामी सुरुकै अवस्थामा उपचार गर्न न्यूरोलोजिस्टकोमा आइपुग्दैनन् ।’

माइग्रेन के कारणले हुन्छ भन्ने विषयमा वैज्ञानिक आधार नभएको चिकित्सकहरु बताउँछन् । तर  परिवारमा कसैलाई माइग्रने छ भने त्यसको वंशाणुबाट उसका सन्ततिमा पनि सर्ने गरेको डा. रौनियारले बताए  । माइग्रेन कुनैपनि उमेर समुहका मानिसमा हुनसक्ने भएपनि प्रायजस्तो किशोरीको रजस्वला हुने उमेर मा देखिने गरेको उनको भनाइ छ । पुरुषको तुलनामा महिलाहरुमा माइग्रेनको समस्या बढी हुने गरेको छ । 

टाउको दुख्ने समस्या भएमा सबैभन्दा पहिला पेन किलर खानु भन्दा पनि न्युरोलोजिस्टसँग सल्लाह लिएर उपचार गराउन उपयुक्त हुने उनले बताए ।

यसरी  हुन्छ उपचार

चिकित्सकहरुले माइग्रनेको उपचार दुई किसिमले गर्ने गरेका छन् । डा.विवेक रौनियारका अनुसार माइग्रेनको एट्याक आउँन नदिने र अर्को माइग्रेनको एट्याक आइरहेको समयमा टाउको दुखाइलाई कम गर्ने दुई किसिमको उपचार हुन्छ । 

 ‘प्रपर एक्टिभ र एभर्टिभ टिटमेन्ट गरी दुई किसिमले माइग्रेनको उपचार हुन्छ । प्रपर एक्टिभ भनेको माइग्रेनको एट्याक आउँन नदिने हो । यस्तै एभर्टिभ टिटमेन्ट भनेको माइग्रेनको एट्याक भइरहेको अवस्थामा दुखाई कम गर्ने ।’ डा. रौनियारले लोकान्तरसँग भने, ‘ महिनामा दुई पटक भन्दा बढी माइग्रेनको दुखाइ छ भने हामीले प्रपर एक्टिभ उपचार गछौं ।’

बजारमा माइग्रेनको उपचारको लागि  बजारमा ६,७ किमिकको औषधिहरु बजारमा भएको भन्दै डा. रौनियारले बिरामीको उमेर, एट्याकको किसिम हेरेर प्रपल एक्टिभ उपचार गर्ने गरेको बताए । विरामीको अवस्था हेरेर सामान्यतय ६ देखि ९ महिनासम्म औषधि सेवन गर्न लगाउँने गरेको उनको भनाई छ ।

यस्तो उपचारमा कतिपय विरामीको माइग्रेनको टाउको दुखाई दुई देखि ५ वर्षसम्म आउँदैन । कतिपयलाई भने ६ देखि दुई वर्ष सम्म बन्द हुने  गर्छ ।

यस्तै अर्को उपचार पद्धति एभर्टिभ टिटभेन्ट अर्थात माइग्रेनको दुखाई भइरहेको अवस्थामा दुखाई कम गर्ने उपचार हो ।  यसका लागि दुखाई कम गर्ने पेनकिलरहरुको प्रयोग गरिन्छ । तर यस्तो औषधि नियमित सेवन गर्दा ग्यास्ट्रिक,अल्सर, किड्नीमा समस्या हुने डा. रौनियारको भनाई छ । कहिलेकाही प्रयोग गरेपनि यस्ता औषधिहरु नियमित सेवन गर्न नहुने उनको भनाइ छ । 

माइग्रनेको दुखाइ कम गर्ने र केही समयलाई नियन्त्रण गर्ने उपचार पद्धति भएपनि पूर्ण रुपमा निको बनाउने वैज्ञानिक कारण भने नभएको उनले बताए । स्वास्थ्य जीवनशैली अपनाउँदा माइग्रेनको एट्याक कम हुने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x