
काठमाडौं, १२ वैशाख– नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँको नोटमा केही परिवर्तन गरी बुधवारबाट नयाँ नोट जारी गरेको छ । पुरानो नोटभन्दा नयाँमा केही विशेष परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ । नोटको साइज (आकार) पुरानै भएपनि ग्राफिक्स पविर्तन गरिएको छ ।
यसअघिको नोटमा दुईवटा बाघको चित्र रहेकोमा नयाँ नोटमा एउटा मात्रै बाघको चित्र हुने छ । यस्तै नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालको दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित गरिएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोटबारे जानकारी दिएको छ,
