×

NMB BANK
NIC ASIA

कर्णसँग विवाह गर्न चाहन्थिन् द्रौपदी, महाभारतको अनौठो प्रेमकथा

असोज १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– महाभारतका चर्चित पात्र द्रौपदीका बारेमा अनेक चर्चा चल्ने गर्छ । पाँच पतिका साझा श्रीमतीका रुपमा रहेका कारण पनि द्रौपदी विवादित पात्रका रुपमा चिनिन्छिन् । राजा दु्रपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए । जन्मेको कयौंबर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको रुपमा द्रौपदीलाई स्वीकार गरेका थिएनन् ।

Sagarmatha Cement
Muktinath Bank

पाँच पतिसँग विवाहपश्चात द्रौपदी पांचाली नामबाट चिनिएकी थिइन् । द्रौपदीले अर्जुनभन्दा पहिला दानवीर कर्णसँग प्रेम गरेकी थिइन् । तर आफ्नो बुबा दु्रपदको प्रतिशोधपूर्ण प्रतिज्ञा र मानसम्मानका कारण द्रौपदी र कर्णको प्रेम सफल हुन सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थाहापाउनुस् द्रौपदीको पहिलोप्रेम कर्णसँग कसरी भएको थियो । र, अन्त्यमा उनीहरुको प्रेम कसरी टुटेको थियो ।


Advertisment
Nabil box
Kumari

महारथी कर्णको द्रौपदीसँग प्रेम
पांचाल देशका राजा द्रुपदकी पुत्री भएकी कारण द्रौपदीको सुन्दरताका बारेमा कयौं राज्यमा चर्चा चल्ने गर्थे । उनको सुन्दरता ,बुद्धि र विवेक देखेर धेरै राजाहरु मोहित भएका थिए ।

Vianet communication
Laxmi Bank

तर दानवीर कर्ण द्रौपदीको निडर स्वभाव देखेर निकै प्रभावित भएका थिए । द्रौपदी आफ्ना साथीहरुसँग घुम्न निस्कने गर्थिन् । र,द्रौपदीको सुन्दरताबाट मोहित भएका कर्णले द्रौपदीलाई मनदेखि नै मनपराउन थालिसकेका थिए ।

स्वयंवर अघि नै द्रौपदीले कर्णलाई प्रेम गर्थिन्

द्रौपदीलाई विवाहका लागि उनका पिता द्रुपदले राजकुमारहरुको तस्वीर देखाउने क्रममा कर्णको तस्वीर पनि सँगै देखाएका थिए । किनकी कर्ण दुर्योधनको साथी भएका कारण कर्णलाई सबैले राजकुमारकै मानसम्मान दिने गर्थे ।

द्रौपदीले कर्णलाई देखेर मनपराउन थालेकी थिइन् । दरवारमा स्वयम्बरको लागि आएका पाण्डव,राजकुमारको भीडमा कर्णलाई द्रौपदीले खोज्दै थिइन् ।

यसकारण हुनसकेन द्रौपदीको कर्णसँग विवाह
द्रौपदीलाई उनको पिता द्रुपदले भीष्म पितामहसँग प्रतिशोध लिने प्रतिज्ञा पहिले नै भनिसकेका थिए । साथै द्रौपदीले पनि कर्ण सूतपुत्र भनेर थाहापाइसकेकी थिइन् । यदि कर्णसँग उनको विवाह भएमा उनी जीवनभर दासकी पत्नी भएर बस्नुपर्ने थियो ।

कर्णसँग विवाह भएमा आफ्ना पिताको प्रतिज्ञा पनि पूरा हुने थिएन । यस दुविधामा परेर द्रौपदीले आफ्नो प्रेमलाई तिलाञ्जली दिने निर्णय गरेकी थिइन् ।

स्वयम्बरमा गरिन् कर्णको अपमान
निराशामा डुबेकी द्रौपदीले स्वयम्बरमा कर्णलाई सूतपुत्र भनेर अपमानित गरेकी थिइन् । द्रौपदीको कुराले कर्णको मनमा मनमा निकै आघात परेको थियो । द्रौपदीजस्तो विवेकशील र निडर महिलाले जातिको आधारमा अपमान गर्छ भनेर कर्णले सोचेका पनि थिएन ।

दुबैले आफ्नो मनको कुरा कहिल्यै खोलेनन्
स्वयम्बरमा अपमानित भएपछि कर्णले द्रौपदीलाई कहिलेपनि पहिलेजस्तो ठानेन । पाँच पाण्डवसँगको विवाहपश्चात पनि द्रौपदीले कर्णलाई आफ्नो मनबाट निकाल्न सकेकी थिइनन् ।

चीरहरणको समयमा कर्णबाट सहयोगको अपेक्षा
दुर्योधनसँगको पासा खेलमा द्रौपदीलाई समेत दावामा हालेर पाण्डवपक्षले हारेपछि दुशासनले द्रौपदीको चीरहरण गरेका थिए ।

यस समयमा द्रौपदीलाई कर्णले सहायता गर्छन कि भनेर आशा थियो । तर आफ्नो ब्यवहारबाट आत्मग्लानी भएका कारण पनि द्रौपदीले कर्णसँग यस्तो आग्रह गर्न सकिनन् । कर्ण पनि स्वयम्बरमा भएको आफ्नो अपमानको प्रतिशोध लिने उदेश्यले मौन बसेका थिए ।

मृत्युशैयामा रहेका भीष्मलाई भने कर्णले रहस्य
महाभारतको अन्तिम युद्धमा असंख्य बाण लागेर ढलेका भीष्मलाई कर्णले भेट्न जाँदा द्रौपदीसँगको आफ्नो प्रेमको बारेमा बताएका थिए । कर्णले जीवनभर द्रौपदीसँग प्रेम गरिरहने बताएका थिए ।

यसभन्दा पहिला पनि कर्णले भीष्मले द्रौपदीलाई मनपराएको बारेमा बताउँदै आएका थिए । भीष्मलाई कर्णले भनेका प्रेमका कुरा एकपटक सुनेकी द्रौपदीले कर्णले पनि आफुले जस्तै प्रेम गर्ने कुरा थाहा पाएकी थिइन् ।

...यसकारण अन्त्य भयो दुबैको प्रेम
भुमिदेवको श्रापका कारण महाभारत युद्धमा कर्णको रथको पांग्रा जमिनमा धसेको थियो । साथै उनले मन्त्र पनि भुलेका थिए ।

यसकारण उनले आफ्नो बचाउ गर्न सकेन र अर्जुनको बाण प्रहारबाट मृत्यु भएको थियो । यसरी द्रौपदीका पति अर्जुनले कर्णको बध गरेर द्रौपदीको प्रेम सदाको लागि मेटाईदिए ।

स्वर्गमा कर्णले गरे द्रौपदीको अभिनन्दन
मृत्युपश्चात आफ्नो पाँचै पतिका साथ स्वर्गलोक पुगेकी द्रौपदीलाई कर्णले हाँस्दै स्वागत गरेका थिए ।एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x