×

Dabur
MG

यो ज्वालामुखी पर्वतको किम जोङ–उनसँग के नाता छ ?

बैशाख १८, २०७५

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

काठमाडौं, १८ वैशाख – उत्तर कोरियाको सर्वोच्च नेता बन्नु लर्तरो कुरा हैन किनकि त्यसो बन्नका लागि खास वंशमा जन्मनुपर्छ । त्यसलाई बेकडू वंश भनिन्छ । 

आधिकारिक रूपमा किम जोङ–उन त्यही बेकडू वंशका हुन् । 

मान्यताअनुसार, यो वंश चीन र उत्तर कोरियाबीच एक सक्रिय ज्वालामुखीसँग जोडिएको छ । उत्तर कोरियाका पछिल्ला तीन सर्वोच्च शासक यही वंशका हुन् । 

यो ज्वालामुखी क्षेत्रलाई उत्तरदेखि दक्षिण कोरियासम्म पवित्र स्थान मानिन्छ । दुवै देशका लागि यसको आध्यात्मिक महत्त्व छ । 

यसको आध्यात्मिक महत्त्वको अनुमान अघिल्लो हप्ताको घटनाबाट लगाउन सकिन्छ । अघिल्लो शुक्रवार उत्तर कोरियाली शासक किम र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनबीचको ऐतिहासिक भेटवार्तामा यो ज्वालामुखीको चर्चा चलेको थियो । 

दक्षिणका राष्ट्रपति मूनले किमलाई यस पवित्र स्थानमा जाने इच्छा देखाए । किमले भने, ‘त्यहाँ पुग्ने खराब बाटोका कारण म लज्जित छु ।’

उत्तर कोरियाली नेताले यस्तो कुरा स्वीकार गर्नु दुर्लभ घटना हो । 

चीनमा चंगबाई नामले चर्चित यो पर्वतको उँचाइ २,७४४ मिटर छ र यो नै कोरियाली प्रायद्वीपको सबभन्दा अग्लो पर्वत हो ।

भौगोलिक रूपमा यो पर्वत महत्त्वपूर्ण छ । केही वर्षअघि वैज्ञानिकहरूले यस ज्वालामुखीमा हुने विस्फोटको आँकलन गर्नका लागि जाँच गरेका थिए । 

उत्तर कोरियाली नेतृत्वमाथि निगरानी गर्ने संस्थाका निर्देशक माइकल मेडन भन्छन्, ‘यहाँ सबै कोरियालीहरूको उत्पत्ति भएको मानिन्छ जसले गर्दा यो एक ऐतिहासिक स्थान हो ।’

बेकडू पर्वत उत्तर कोरियाको कोट अफ आर्म्स र राष्ट्रगानको पहिलो अनुच्छेदमा पनि भेटिन्छ ।

मेडनका अनुसार, किम र उनको परिवार यो पर्वतसँग जोडिनुको कारण यसको एक किसिमको राष्ट्रिय पहिचान पनि हो । 

ज्वालामुखीसँगको पहिलो सम्बन्ध किमका हजुरबुवा किम इल सुङबाट शुरु हुन्छ । उनले उत्तर कोरियामा साम्यवादी शासन स्थापना गरेका थिए । 

इल सुङले बेकडू पर्वतमा नै जापानी साम्राज्यवादी शक्तिहरूविरुद्ध गुरिल्ला युद्ध लडेका थिए । त्यतिखेर कोरियामा जापानको कब्जा थियो ।

त्यसपछि नै यो मिथकको शुरुआत भयो र किम जोङ–इलको समयमा यो भ्रम बढाइयो । 

जोङ–उन पनि बेकडू पर्वतबाट निस्केका तिनै वीरहरूको वंशमा उत्पन्न भएका हुन् भन्ने दाबी गरिन्छ । 

चीन र उत्तर कोरियाबीच यस पर्वतको सीमाका विषयमा विवाद भएको थियो तर सन् १९६२ मा दुवैका बीच भएको सम्झौतापछि अब यो एक पर्यटकीय गन्तव्य बन्न पुगेको छ । 

उत्तर कोरियाको आधिकारिक मिडियामा किमले बेकडू पर्वतमा उभिएर खिचाएका तस्वीरहरू प्रकाशित भएका छन् । उनले सन् २०१३ र २०१७ मा ती तस्वीर खिचाएका थिए ।

बीबीसी हिन्दीबाट
 

yONNEX
Sagarmatha Cement

Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

Advertisment
Kumari
Saurya island
Pardeshi
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
चैत १९, २०७५

काठमाडौं – चीनको हेनान प्रान्तमा एक किन्डरगार्टेन शिक्षिकालाई २३ जना बालबालिकाको खानामा नाइट्राइट हालेर विषालु बनाएको आरोपमा पक्राउ गरिएको मंगलवार प्रकाशित मिडिया रिपोर्टमा उल्लिखित छ ।  यो घटन...

फागुन १७, २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । मोदीले कोरोना विरुद्धको पहिलो खोप लगाएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।   

माघ ७, २०७७

काठमाडौं – ब्राजिलको इन्डियन फाउन्डेसनले यसै हप्ता पहिलोपटक जारी गरेको भिडियोमा एक व्यक्तिको दुर्लभ तस्वीर कैद भएको छ ।  यी व्यक्ति को हुन् र कोसँग आए भन्ने कुरा कसैलाई थाहै छैन । हेर्दाखेरी ब्राजि...

चैत १९, २०७५

काठमाडौं – आसन्न लोकसभा निर्वाचनका लागि भारतीय कांग्रेस पार्टीले मंगलवार घोषणापत्र सार्वजनिक गरेको छ ।  घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस अध्यक्ष राहुल गान्धीले यसलाई बन्द कोठामा नबनाइएको र यसले द...

चैत १९, २०७५

काठमाडौं – चुनावी मौसम शुरू भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धमाधम जुलुस र सभामा सम्बोधन गर्न थालेका छन् ।  यसै क्रममा सोमवार वधर्नको स्वावलम्बी मैदानमा मोदीको सभा आयोजन गरियो । तर सभाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x