२६ जेठ २०८३, मंगलबार

थाहा पाउनुस् आज कहाँ कहाँ हुन्छ जाम

बैशाख २८, २०७५
थाहा पाउनुस् आज कहाँ कहाँ हुन्छ जाम

काठमाडौं, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागि आज आउँदैछन् । साढे १० बजे जनकपुर विमानस्थलमा अवतरण गरेसँगै उनी करिब दुई घन्टा जनकपुरमा रहने कार्यक्रम छ । त्यपछि मोदि काठमाडौं आउने छन् । मोदीको भ्रमणका कारण शुक्रबार र शनिबार काठमाडौंको यातायात व्यवस्था प्रभावित हुने भएको छ । 

शुक्रबार(आज) विहान भारतबाट मोदी सोझै जनकपुर आउने कार्यक्रम छ । त्यहाँ नागरिक अभिनन्दन लगायतका कार्यक्रम सकिएसँगै मोदी हेलिकप्टर मार्फत काठमाडौं आउनेछन् । 

जनकपुरको कार्यक्रम सकिएसँगै मोदी दिउँसो करीब १ बजे काठमाडौं उत्रने छन् । त्यसपछि उनी चुच्चेपाटीमा रहेको होटल हायत तर्फ जाने छन् । त्यसक्रममा उनी विमानस्थलबाट निस्कनु भन्दा केही समय अघिदेखिनै उक्त सडक खण्डका सवारी आवागमन बन्द हुनेछ । 

तिनकुने तर्फबाट सिनामंगाल, एयरपोर्ट, गौशाला, चावहिल, बौद्ध, जोरपाटी लगायका स्थानमा मोदी विमानस्थलमा अवतरण गर्नुपूर्व नै सवारी आवागमन बन्द हुनेछ । 

मोदीलाई सरकारले विशेष सत्कार गर्दै छ उनलाई टुँडिखेलमा दिउँसो चार बजे गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि चाबहिल गौशाला, तिनकुने, बानेश्वर, माइतिघरको सवारी प्रभावित हुने छ । चार बजे उनी सैनिकमञ्च टुँडिखेल जानुभन्दा करीब एक घन्टा अगाडी उक्त सडक खण्डमा सवारी खाली गरिने छ । 

गार्ड अफ अनर लिएसँगै मोदी उपराष्ट्रपति नन्दबहादुर पुनसँ भेटवार्ताका लागि कान्तिपथ जानेछन् । उक्त सयममा रत्नपार्क, जमल, दरबारमार्ग, लैनचउर लगायतका स्थानका सडक वन्द हुने छ । 

उपराष्ट्रपतिसँगको भेटवार्तापछि मोदी राष्ट्रपति विद्या भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् । त्यसक्रममा लैनचउर, महाराजगञ्ज, चक्रपथ क्षेत्रमा सवारी आवागमन बन्द हुनेछ । 

राष्ट्रपतिसँगको छलफल सकिएसँगै मोदी पुरानो वानेश्वरमा रहेको होटल द्वारिकाजमा जानेछन् । त्यसक्रममा पनि गौशाला, चावहिलदेखि पुरानोवानेश्वर आसपासको क्षेत्रको सवारी अस्तव्यस्त हुने छ । 

यस्तो छ शनिवारको तालिका

शनिवार विहान मोदी मुक्तिनाथ प्रस्थान गर्ने छन् । त्यस क्रममा होटल हायतदेखि एयरपोर्ट सम्मको रुटको सवारी वन्द हुनेछ । मुक्तिनाथ दर्शन गरेर मोदी करिब १० बजे त्रिभुबन विमानस्थल फर्कने छन् । त्यसपछि उनी पशुपतिनाथमा विशेष पुजा अर्चनाका लागि पुग्नेछन् । त्यसपछि उनको यात्रा होटल हायतका लागि हुनेछ । 

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा दिउँसो २ बजे भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्ने कार्यकम रहेको छ । त्यसका लागि उनी होटल हायतबाट चावहिल, गौशाला, तिनकुने, बानेश्वर, माइतिघर, सिंहदरबार हुँदै भृकुटीमण्डप पुग्नेछन् । उनी राष्ट्रियसभागृह जानुभन्दा केही अगाडि नै सडक खाली हुनेछ । 

शुक्रबार मध्यान्नदेखि शनिबार अपराह्नसम्म राजधानीको ट्राफिक अस्तव्यस्त हुने भएका कारण वैकल्पिक मार्ग प्रयोग गर्दा फाइदा पुग्छ । 

salt training

कमेन्ट गर्नुहोस्