भदौ २७, २०८०
सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...
जेठ २, २०७५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको धार्मिक भनिएको भ्रमणको विषयमा नेपाली राजनीतिमा मात्र नभई धार्मिक र सांस्कृतिक वृत्तमा पनि चर्चा चलिरहेको छ । मोदीको धार्मिक कूटनीतिले धर्मको आडमा राजनीति गर्दै गरेका उनलाई फाइदा त अवश्य पुर्याउँछ तर नेपालमा धार्मिक पर्यटनको सम्भावना पनि फस्टाउने जस्तो देखिन्छ । पछिल्लो समयमा लोभ र डरत्रास देखाएर नेपालमा हिन्दू र बौद्धमार्गीहरूलाई क्रिश्चियन बनाइँदै गरेका खबरहरू पनि यदाकदा सुन्न सकिन्छन् । धार्मिक अतिवादको मुद्दा भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै चर्चामा छ । यी र यस्तै विषयहरूलाई समेटेर लोकान्तरकर्मी ईश्वर अर्यालले नेपाल र भारतमा प्रख्यात स्वामी महेश्वरानन्द पुरीसँग कुरा गरेका थिए ।
प्रस्तुत छ, स्वामी महेश्वरानन्दसँग गरिएको कुराकानीको सम्पादित अंश ।
नेपाल र भारतको सम्बन्धमा सांस्कृतिक आयामको महत्त्व कति छ ?
वास्तवमा भन्ने हो भने वैदिक संस्कृतिको आरम्भ यहीँबाट भएको हो । हाम्रो संस्कृति एउटै हो, जसलाई हामीले सनातन संस्कृति भन्छौं । सनातनको अर्थ हो ‘बियोन्ड लिमिट अफ टाइम’ अर्थात् त्यो संस्कृति जुन समयभन्दा पर छ र जसको नीति शाश्वत छ । त्यही सनातन संस्कृतिको मूलाधार वेद हो । यसकारण हामीले यसलाई वैदिक सनातन संस्कृति भन्छौं र जसले वैदिक सनातन संस्कृतिको अनुपालन गर्छन्, तिनीहरूलाई हामीले आर्य भन्छौं ।
आर्य वैदिक सनातन संस्कृति संसारमा एउटा मात्र छ । भौगोलिक दृष्टिबाट हेर्दा पनि एक छ, सांस्कृतिक धार्मिक दृष्टिबाट हेर्दा पनि एक छ । केवल राजनीतिक दृष्टिबाट हेर्दा मात्र फरक देखिन्छ । बाँकी कुनै खालको केही भेद छैन ।
दक्षिण एसियामा हाम्रो वेदले भन्ने गरेको आर्यव्रत भूखण्डमा पछिल्लो समयमा देखिएका जति पनि सांस्कृतिक विविधता छन् । तिनीहरूको उद्गम एउटै सनातन संस्कृतिबाट भएको हो ?
होइन, अर्को जुन संस्कृति छ त्यो अर्वाचीन कालमा आएको हो । एलेक्जेन्डर भनेर जसलाई हामीले भन्छौं, उनबाट शुरू भयो । हाम्रो वैदिक सनातन संस्कृतिमा हस्तक्षेप गर्न भनेर उनी आउन त आए, तर सीमाबाटै फिर्ता भएर गए । विश्वविजेता बन्ने सपना लिएर आएका उनी सिन्धको पञ्जाबमा आएपछि हार मानेर फर्केर गए । यसको अर्थ, यो वैदिक सनातन धर्मअन्तर्गतका जति पनि संस्कृतिहरू छन्, तिनीहरूको उद्गम एउटै हो – वेद ।
गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरे । यसबाट नेपालको धार्मिक पर्यटन फस्टाउने कतिपयको अनुमान छ । यसमा स्वामीजी के भन्नुहुन्छ ?
नरेन्द्र मोदीलाई मैले धेरै पहिलादेखि नै देखेजानेको हो । उनले वैदिक अध्ययन धेरै गरेका छन् । उनले संस्कृतिको जडसम्म पुगेर अध्ययन गरेका छन् । उनको भाषण होस् या भाषा होस्, दुवै निखारिएको हुन्छ । धर्म त उनको रगतमै छ । यस्तो अवस्थामा उनी जहाँ जान्छन्, त्यहाँ प्रभाव त अवश्य परेको हुन्छ । चाहे त्यो प्रभाव सांस्कृतिक विकासमा होस्, चाहे पर्यटन विकासमा होस्, चाहे राजनीतिक घटनाक्रममा होस् ।
स्वामीजी नेपालमा प्रवचन गर्न आउँदा शुरू-शुरूका वर्षमा यहाँ राजतन्त्र थियो । अब नेपाल पनि भारतजस्तै धर्मनिरपेक्ष र गणतन्त्र भएको छ । यसले स्वामीजी जस्ता धर्मगुरुहरूलाई सजिलो असजिलो के भएको छ, भारत र नेपालको धार्मिक सांस्कृतिक तुलना कसरी गर्नुहुन्छ ?
मेरो व्यक्तिगत मत के हो भने नेपाल हिन्दूराष्ट्र नै रहेको भएपनि हुन्थ्यो । त्यसमा कुनै दोष थिएन । अमेरिका, बेलायतजस्ता देशहरूमा हिन्दू नागरिक बडो प्रेमपूर्वक रहिरहेका छन् । त्यहाँ मुसलमान पनि प्रेमपूर्वक बसिरहेका छन् । नेपालमा पनि शताब्दियौंसम्म मुसलमान र अन्य धर्मावलम्बीहरू प्रेमपूर्वक बसिरहेका छन् । तर सबैले आफ्नो अनैतिक प्रवृत्ति त्याग्न सक्नुपर्दछ ।
नेपाल हिन्दू राष्ट्र नै रहिरहेको भए यहाँबाट हिन्दूधर्मको प्रचार अलि धेरै हुन सक्थ्यो । हिन्दू धार्मिक प्रवृत्तिले राजनीतिक सीमालाई मान्दैन । केवल धार्मिक असीमतालाई मात्र देख्ने गर्दछ । वैदिक सनातन धर्मले हामीलाई एक बनाएको छ, यसले नेपाल र भारत दुवै देशलाई बराबर फाइदा गर्छ । भारतमा ‘धर्मनिरपेक्षता’ कार्यान्वयन कहिल्यै भएको छैन । वास्तविक धर्मनिरपेक्षताको अर्थ लोभ र भयको कारणले धर्मपरिवर्तन गराउनु होइन ।
भारतको संविधानले गणतन्त्र भारतलाई धर्मनिरपेक्ष बनाएको छ । तर अहिले हिन्दूत्वमा आस्था राख्ने भाजपालाई अत्यधिक बहुमत प्राप्त भयो । यसले हिन्दू धार्मिक अतिवादलाई प्रश्रय दिँदैन ?
यस्तो होइन, हिन्दू कहिल्यै अतिवादी भएन । कोही एकाध घटनालाई कुनै कारण मान्न सकिँदैन । तर जसको धर्मसंस्कृतिमै आतंकवाद छ, उनीहरूलाई अतिवादी मान्नुपर्छ । हाम्रो धर्मसंस्कृति ‘अहिंसा परमोधर्म’ मा आधारित छ । यसकारण हामी धार्मिक अतिवादी होइनौं । ‘अतिवादी’ भन्ने शब्द भारतमा कांग्रेसले दिएको हो । त्यो शब्दसँग ‘हिन्दू’ जोडेर प्रचार गरिनुहुँदैन ।
केही वर्षयता नेपालमा पश्चिमा इसाई धर्मप्रचारकहरूले अनेक प्रलोभनमा पारेर सोझासाझा हिन्दू र बौद्धमार्गीहरूलाई धर्मान्तरण गराएर क्रिश्चियन बनाइरहेका छन् । बंगलादेशमा पनि हिन्दू अल्पसंख्यकहरू मुस्लिम अतिवादीहरूबाट पीडित छन् भन्ने समाचार आइरहन्छ । पाकिस्तानमा हिन्दू अल्पसंख्यक पीडित भएको देखिन्छ । सामाजिक सद्भाव बिग्रिरहेको यो अवस्थामा सुधार गर्न के उपाय अपनाउनुपर्ला, स्वामीजी ?
यो ‘अल्पसंख्यक’ र ‘बहुसंख्यक’ शब्दहरू घातक छन् । राज्यले हरेक नागरिकलाई समान रूपले हेर्नुपर्छ । अल्पसंख्यक भनेर विशेषाधिकार दिनु र अल्पसंख्यक भनेर अत्याचार गर्नु दुवै पाप हुन् । यी शब्दहरूले जनतालाई एक अर्काप्रति विद्वेष सृजना गर्ने काम गरिरहेका छन् । हाम्रो धर्म संस्कृतिको आधारमा टिकेको छ । यसका लागि हाम्रो मुख्य प्राथमिकता भनेको धर्म जोगाउनु हो । यहाँ त आन्दोलनकै रूपमा मान्छेलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने काम भइरहेको छ, जुन धार्मिक अत्याचारको एउटा रूप हो । त्यसलाई रोक्नुपर्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेर जनकपुर–अयोध्या सीधा बस सेवा सञ्चालनमा आएको छ । अयोध्यामा राममन्दिर नै नबनेको अवस्थामा सीतामाता कहाँ गएर सुरक्षित भई बस्नुहोला ?
राममन्दिरको विषय सरकारले राजनीतिक स्तरमा मात्र लिएको छ । त्यो मुद्दालाई जतिसम्म लम्ब्याउन सक्यो, उति फाइदा हुने अहिलेको सरकारले ठानेको होला । पहिला मन्दिरहरूलाई तोडेर जसरी मस्जिदहरू बनाइए, त्यो अत्याचार नै थियो र त्यसको प्रतिकार हुनु आवश्यक थियो र त्यहाँ पुनः मन्दिर बनाइनुपर्छ । मेरो विचारमा त्यो छिट्टै हुनेछ ।
हेर्नुहोस्, भिडियो :
सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...
काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...
ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...