२६ जेठ २०८३, मंगलबार

राजपा नेपालको बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा

राजपा नेपालको बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा

भक्तपुर, ४ जेठ– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलको बैठक जारी छ । बैठक अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा बसेको छ ।

२३ दिनपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेको हो । ठाकुरको अस्वस्थताका कारण उनकै निवासमा बैठक बसेको हो ।

बैठकमा देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा छलफल हुने बताइएको छ । यस्तै बैठकले पार्टीको राजनीतिक समितिको बैठकको मिति तय गर्नेछ । 

त्यसैगरी, सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र आगामी आर्थिक वजेटको बारेमा पनि राजपा नेपालले छलफल गर्ने बताइएको छ । 

फोरम नेपाल र राजपा नेपालबीच एकीकरणका विषयमा भएको छलफलका बारेमा पनि बैठकमा छलफल हुने बताइएको बताइएको छ । बिहीबार राजपा नेपाल र फोरम नेपालको संयुक्त बैठक बानेश्वरमा बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्