×

X
Dabur
Nic Asia
Marvel

राजधानीको धूलो चुरोटभन्दा खतरनाक, बढे मुटु, दम र क्यान्सरका बिरामी

काठमाडाैं | जेठ ४, २०७५

TVS INSIDE

काठमाडौं, ४ जेठ– धूलोधुवाँ नियन्त्रणका लागि सरकारले बर्सेनि लाखौं रकम विनियोजन गर्ने गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका समयमा सबै दलका नेताहरूले राजधानीको धूलो नियन्त्रणको कार्यलाई आफ्नो प्रमुख एजेण्डासमेत बनाएका थिए । तर राजधानीमा धूलोधुवाँ नियन्त्रण भने हुन सकेको छैन । मानिसहरू सडमा निस्कँदा मात्रै होइन राजधानीबासीहरू घरमै बस्दा समेत मास्क लगाउनुपर्ने अवस्था छ । राजधानीमा धूलोधुवाँका कारण वायु प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

वायु प्रदूषणले अवस्था खराब रहेका देशहरूको सूचीमा नेपाल पाँचौ स्थानमा रहेको ‘इन्भायरमेन्ट पफर्मेन्स इन्डेक्स’ को प्रतिवेदनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको तत्थ्याङ्क अनुसार १० जनामध्ये एकजना मानिसले प्रदूषित हावामा श्वास फेरिरहेका छन् । अव्यवस्थित शहरीकरण र जनसंख्याको अत्यधिक चापका कारण राजधानीमा वायु प्रदूषण बढ्दै गएको हो । शहरी क्षेत्रहरूमा सवारीसाधनबाट निस्कने धुवाँले गर्दा वातावरण प्रदूषित हुने गरेको छ ।

धूलोधुवाँका कारण मानिसहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । 

Vianet communication
Maruti inside

धूलोका कणहरू धुम्रपानजस्तै हानीकारक रहेकाले धूलोका कारण मानिसहरूमा दम, क्यान्सरलगायतका रोगको जोखिम बढ्दै गएको वीर अस्पतालका चेस्ट युनिट प्रमुख डा. अशेष ढुङ्गानाले बताए ।  वायुमा भएको धूलोका कणहरू श्वास फेर्दा सिधै फोक्सोमा जाने भएकाले मुटुलाई समेत धूलोले असर परिरहेको उनको भनाइ छ ।

‘अहिले नेपालमा छाती रोगका बिरामीहरू निकै बढेका छन् । छातीसम्बन्धी रोग बढ्नुको एउटै कारण वायु प्रदूषण हो,’ डा. ढुङ्गानाले लोकान्तरसँग भने, ‘प्रदूषित हावा चुरोटभन्दा पनि हानिकारक हुन्छ, राजधानीको धूलोमा चुरोटजस्तै क्यान्सर गराउने तत्वहरू छन् ।’ उनका अनुसार राजनाधीबासीको स्वास्थ्यमा धुम्रपानले जस्तै धूलोले असर गरिरहेको छ ।

धूलोले बढे दमका बिरामी

पहिले सुर्तीजन्य पदार्थ तथा धुम्रपानको प्रयोग गर्ने व्यक्तिलाई मात्रै क्यान्सर, दम, लगायतका समस्या देखिन्थ्यो । तर पछिल्लो समय धूलोधुवाँकै कारण धुम्रपान नगर्ने व्यक्तिहरूमा समेत दम, मुटुरोग, क्यान्सरजस्ता रोगहरू देखिएको डा. ढुङ्गानाले बताए ।

‘नेपालमा वैज्ञानिक तबरमा अध्ययन नै त भएको छैन, तर पनि पछिल्लो समय कम उमेर समूह र चुरोट नखाने मानिसमा पनि दम, मुटुरोग, क्यान्सरका बिरामी बढ्न थालेका छन् । यसको कारण धुवाँधूलो नै हो,’ डा. ढुङ्गानाले भने ।

वीर अस्पतालमा धूलोधुवाँकै कारण दमका बिरामीहरू आउने क्रम बढेको छ । वीर अस्पतालको आकस्मिक कक्षमा मात्रै दैनिक १० जनासम्म बिरामी दमको समस्या लिएर आउने गरेका अस्पतालले जनाएको छ । वीर अस्पतालको चेस्ट युनिटमा मात्रै दैनिक ७५ देखि ७० जनासम्म बिरामी आउने गरेका छन्, जसमा सबैभन्दा बढी धूलोकै असरले दम बढेर आएका बिरामी रहेको डा. ढुङ्गानाले बताए । चुरोट सेवन नगर्ने कम उमेरका बिरामीमा समेत दमको समस्या बढ्दै गएको उनको भनाइ छ ।

वायु प्रदूषणले दीर्घ रोगका बिरामीहरू झनै मारमा परेका छन् । ‘श्वासप्रश्वासका दीर्घ रोगीहरूलाई धूलोधुवाँले प्रतिकूल असर गरिरहेको छ, उनीहरूमा एक्कासि दम बढ्ने समस्या देखिएको छ, धूलोले सामान्य मानिसहरूमा पनि दमको समस्या बढाएको छ,’ डा. ढुङ्गानाले भने, ‘महिला, बालबालिका र वृद्धवृद्धाहरू धूलोधुवाँबाट सबैभन्दा पीडित बनेका छन् । बालबालिकाहरूमा धूलोका कारण फोक्सोको ग्राथलाई नै असर गरेको छ ।’

धूलोले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन धूलोधुवाँबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

TATA Below
NLIC
साउन २४, २०७९

नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिले काठमाडौं महानगरपालिकाले बद्नियतपूर्ण ढंगले भवन भत्काउन लगाएको भन्दै आपत्ति जनाएको छ । महानगरले सोमवार पत्राचार गरेर टहरा भत्काउन निर्देशन दिएपछि अस्पतालले आपत्ति जनाएको हो । ...

साउन २४, २०७९

कोरोना भाइरसबाट एकैदिन संक्रमित हुनेको संख्या १ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९० जनामा नयाँ संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ६ हजार ३६ सय नमूना परीक्षण...

साउन २३, २०७९

पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय ३४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार कूल ४ हजार ६ सय ८२ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।  ...

साउन २४, २०७९

डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा शुरू गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन शुरू गरेका हुन् । सोमवारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ ।  शहरमा भएका ठ...

साउन २३, २०७९

चितवन मेडिकल कलेजले दुई अर्ब रुपैयाँ लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको...

साउन २३, २०७९

चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्य...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x