२७ जेठ २०८३, बुधबार

भ्रामक प्रचार गरी बिरामी आकर्षित नगर्न मेडिकल काउन्सिलको आग्रह

भ्रामक प्रचार गरी बिरामी आकर्षित नगर्न मेडिकल काउन्सिलको आग्रह

काठमाडौं, ५ जेठ– नेपाल मेडिकल काउन्सिलले नागरिकलाई भ्रममा पार्ने गरी स्वास्थ्य क्षेत्रमा भएको प्रचारप्रसारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले सूचना जारी गर्दै नीजि अस्पतालहरूले सेवा दिने चिकित्सकको फोटोसहित ठूला–ठूला होर्डिङ्ग बोर्डलगायत विभिन्न सञ्चारमाध्यमबाट हुनै नसक्ने उपचारलाई समेत ग्यारेन्टीका साथ हुने भन्दै नागरिकलाई भ्रममा पारेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

काउन्सिलले शनिबार जारी गरेकाे सूचनामा भ्रामक प्रचार गरि बिरामी आकर्षण नगर्न भनेको छ । 

चिकित्सकहरूले सामाजिक सञ्जालमार्फत आफूले उपचार गरेको विरामी समेतको फोटो÷भिडियो राखि पोष्ट गर्ने गरेको कार्यप्रति ध्यानाकर्षण भएको भन्दै काउन्सिलले त्यसो नगर्न चिकित्सक, अस्पताल, स्वास्थ्य संस्था, क्लिनिकलगायतलाई आग्रह गरेको छ । 

साथै मेडिकल काउन्सिलको आचारसंहिता विपरित हुने भ्रमपूर्ण सामाग्रीको प्रचार नगर्न र नगराउन पनि आग्रह गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्