२६ जेठ २०८३, मंगलबार

बन्दुकसहित पाँचजना पक्राउ

जेठ ५, २०७५
बन्दुकसहित पाँचजना पक्राउ

 इलाम, ५ जेठ - प्रहरीले चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित पाँचजनालाई पक्राउ गरेको छ । 

प्रहरीले चुलाचुली गाउँपालिका वडा नं १ का नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजित चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बिना इजाजतको एक थान भरुवा बन्दुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

उनीहरुलाई यही जेठ १ गते पक्राउ गरिए पनि आज मात्र सार्वजनिक गरिएको हो । 

प्रहरी चौकी, पेल्टीमारीको गस्ती टोलीले पाँचैजनालाई बन्दुकसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । उनीहरुलाई हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि सोही ठाउँबाट प्रहरीले एक थान बेवारिसे भरुवा बन्दुक फेला पारेको थियो । बेवारिसे बन्दुक फेला पारेपछि थप अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्