धरान, १२ जेठ–गुण्डागर्दीको आरोपमा प्रहरीले तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई पक्राउ गरेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शुक्रबार राति पक्राउ गरेको हो । गुरुङलाई तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको आरोप लागेको छ ।
तर, नेता गुरुङले सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् । उनी यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए ।
जसमा जबरजस्ती मिलापत्र गराइएको आरोप छ । गुरुङमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।