२६ जेठ २०८३, मंगलबार

धानबालीमा मरुवा रोग, किसानहरू मर्कामा

धानबालीमा मरुवा रोग, किसानहरू मर्कामा

ललितपुर, १२ जेठ -धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसानले पर्याप्तमात्रामा उत्पादन लिन सकेका छैनन् । 

शुरुमा पातमा देखिने रोग फैलिएर पूरै बोट नष्ट गर्ने कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले बताए । मरुवा(ब्राल्ट) अहिले धानबालीमा लाग्ने सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि लामो समयदेखि मरुवा रोग नियन्त्रणको उपाय खोजे पनि यसको पत्ता लाग्न सकेको छैन, उनी भन्छन्, “हामी रोग अवरोधक जात विकास गर्न अनुसन्धान गरिरहे पनि नतिजा निस्केको छैन ।” 

पहिले सानो स्वरुपमा देखिए पनि यो रोगले बिस्तारै ठूलो स्वरुप लिइने प्राविधिक पराजुलीले बताए । 

रोग शुरु हुँदा पातमा सिसाकलमले धर्सा लगाए जस्तो देखिन्छ । पछि बिरुवाको सबै भागमा रोग फैलिएर फललाई असर गर्छ, उनी भन्छन्, “यो रोग लागेपछि कहिले पात त कहिले पूरै बोट सुकेर जाने सम्भावना रहन्छ ।” 

किसानले राम्रो र गुणस्तरीय बीउ छनोट गर्दा यो रोग लाग्ने सम्भावना कम हुने बाली रोग नियन्त्रण महाशाखाका वैज्ञानिक चेतना मानन्धर बताउँछन् । उनी भन्छन्, “बीउको गुणस्तर, माटोको चिस्यान सबै कुराको ख्याल गर्नुपर्छ ।” बीउ आफैँ रोगी हुँदा बालीमा रोग फैलने सम्भावना बढी रहन्छ ।” 

मरुवा रोग अवरोधक जात अहिलेसम्म विकास हुन सकेको छैन । रोग लाग्ने सम्भावना कम भएका जात भने महाशाखाले विकास गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्