मंसिर २९, २०८०
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा,
कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा ।।
नेपाली लोकदोहोरीका धेरै गीतमा स्वर भरेकी गायीका शान्ति श्री परियारले जब यी शब्दहरूमा भाका हाल्छिन्, तब मन गाँठो पर्न थाल्छ । कोमल हृदयका लागि सहनै नसक्ने चोट बनिदिन्छ । यो गीत पूरा सुनी र हेरिनसक्दै अनायासै आँसु आफैँ टिलपिलाउन थाल्छन् ।
भर्खरै बजारमा आएको ‘बोल माया...’ गीतले वैदेशिक रोजगारीमा जादाँ ज्यान गुमाउने नेपाली र उनका परिवारले भोग्ने पीडाको कथा व्यथालाई जस्ताको तस्तै उनेको छ । आफ्नो प्राण प्रिय मान्छेलाई बोल माया भन्दै कयौं पटक पुकारिररहँदा शब्द निरर्थक बनेर फिक्का भएको छ । गुमाइको चित्कार र रोदनले श्रीमतीको गला अवरुद्ध भएको छ भने समग्र परिवारको जिन्दगी श्यामश्वेत बनेको छ ।
घरसम्म लास जीपको छतमा डाँडापाखा छिचोल्दै आइपुग्छ । कफिनमा भौतिक शरीर चिर निद्रामा लीन हुन्छ । गाँउमा सदगद गर्न ल्याइएको भौतिक शरीरसँगै परदेशी र घरदेशीले देखेका सपना पनि मृत बनेर चुनौतिको ठूलो पहाड बनिदिन्छन् । भेला भएका गाँउलेका आँसु भेलले आँखाका डिललाई पार गर्न थाल्छन् । गाँउको वातावरण एकाएक धुमिल हुन थाल्छ । सन्नाटा छाउँछ । परिवारको सदस्य वैदेशिक रोजगारमा गुमाउँदा घरगाउँको परिवेश यस्तै छ ।
‘एक वचन बोल...’ भन्दै अनुनय विनय भावमा जब अञ्जली अधिकारी कफिन समात्दै भक्कानिन थाल्छिन्, तब गाउँले बगेका आँसु सम्हाल्नै सक्दैनन् । हेर्ने मान्छेका ज्यान त्यसैगरी सिरिगैं हुन्छन् ।
आफ्ना र घर परिवारका सपना फूलाउन धेरै नेपाली देश छाडेर परदेश लाग्छन् । कतिले सपनालाई विपनाको रूपमा अनुभूत गर्न पाउँछन्, त कतिले आफूसँगै खरानी बनाउन बाध्य हुन्छन् । हो यही यथार्थतालाई सर्जक प्रकाश सपूतले बोल मायामार्फत आम नेपाली नियतीको पर्दापण गर्न सफल भएका छन् ।
परिवारमा रम्ने, सँगै बस्ने इच्छालाई जब अभावले थिच्न थाल्छ, दुःखको विजारोपण त्यहीँबाट शुरु हुन्छ । यो दुःखले क्षणिक भएर व्यक्तिलाई मात्रै पीडामा घुलाउँदैन यसले त परिवार, समाज तथा देशलाई नै वर्षौवर्षसम्म क्षतिको गह्रौं भारी बोकाउँछ ।
सानो तर प्राकृतिकरूपले भरिपूर्ण मुलुक, नेपाल । यसैमा गर्व गरेर बसिरहन विवश बन्यौं तमाम हामी नेपाली । सम्भावना र अवसरका मूल फुटाउने भनेर हामी सबैले ओकलिरह्यौं । गरिबीको चक्रमा जेलिइरहेकाहरूलाई आश्वासन बाँड्न कहिल्यै पछि परेनौं । आर्थिक स्थिति मजबुत हुनेहरूले त्यहीअनुसारको शब्दका आदर्श भाव फ्याकिरह्यौं ।
विदेशमा जान खोज्नेलाई स्वदेशमै सफल बनिन्छ भनेर भाषण र प्रशिक्षित पनि गर्यो । सम्झाउन खोज्यौं तर अहँ, वास्तविक अभावमा रहेर विदेशको कठिन श्रममा जानेहरूका लागि भने उपयुक्त विकल्प दिन सकेनौं । बरु उनीहरूलाई स्वदेशप्रति विकर्षित बनाउन तम्सियौं । उनीहरूका दुःख र पीडामा कतै रमिते बनेर लोकका निर्जीव त बनेनौं ?
आरोप सबैका लागि होइन तर नगर्ने र गर्न नचाहनेहरूका लागि भने अवश्य हो । यदि यथार्थ यसभन्दा टाढा भए विदेश जाने दाजुभाइहरू भेटिदाँ पीडा र आक्रोशका खेस्रामात्रै किन पल्टाउँथे । प्रकाश सपूतजस्ता कलाकारले मनलाई कसरी उथलपुथल पार्नेगरी दुखान्त सिर्जना कार्थे !
वैदेशिक रोजगारीमा जानेहरूका लागि उचित सम्बोधनमा ढिला त जरुर भइसकेको छ । अहिले नै यी यावत् पक्षलाई समेट्न चुक्यौं भने भोलिको अवस्था झनै भयावह बन्ने निश्चितै देखिन्छ । सबै वैदेशिक रोजगारीमा रहेकाहरूलाई स्वदेशमै फर्काउन सम्भव पनि नहोला, तर पनि कम्तिमा ज्यान बचाउन केही त गर्न सकिन्छ ।
सुरक्षित रोजगार, सीपयुक्त तालिम, उचित पारिश्रमिक र अन्य धेरै । अब त कति पर्खनु ! सीमाको पनि त अन्त्य हुन्छ । निश्चित दायरा हुन्छ । प्रश्नको आकार ठूलो छ । सम्बन्धित निकाय र सरोकारवाला गम्भीर बन्नैपर्छ ।
दिनानुदिन सरदर ३/४ जना वैदेशिक रोजगारीमा हुनेहरूले धर्ती छाडिरहँदा नेपाल आमाले कति चित्कार छोड्नु । कति दुःख र पीडालाई लिएर जिन्दगीको सफरमा हिँडिरहनु ।
पेटमा हुर्किरहेको सन्तानले अभिभावक चिन्न नपाउने, कपाल फुलेर बयोवृद्ध बनेका बुबाआमाले आँखैअगाडि आफ्ना सन्तान ढलेको देख्नुपर्ने, श्रीमतीको सिउँदो कलिलै उमेरमा पुछिने यो भन्दा पीडाको कुन रूप हुन्छ होला ! तर यो वास्तविक पीडा आज आम नेपालीले भोगिरहेकै छन् । अझै पनि यसैबाट कति प्रताडित बनिरहनुपर्ने हो । कति चाहना र इच्छामा दोब्रिँदै आफन्तलाई कफिनको बाकसमा लिन एयरपोर्ट धाइरहनुपर्ने हो ।
यस्तो छ गीत :
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...