
काठमाडौं, १३ जेठ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि चेन्नाई सुपर किंग्स र सनराइजर्स हैररावाद भिड्दैछन् ।
यसअघि चेन्नाईले दुई तथा हैदरावादले एक पटक उपाधि जितिसकेका छन् । जारी प्रतियोगितामा चेन्नाई र हैदरावाद तीन पटक आमने–सामने भइसकेका छन् । तीनैपटक चेन्नाई विजयी भएको थियो ।
यी दुई टिमबीच भएको पहिलो क्वालिफायरमा चेन्नाईले हैदरावादलाई दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
आईपीएलमा अहिलेसम्म यी दुई टिमबीच ९ पटक प्रतिस्पर्धा भइसकेको छ । जसमा चेन्नाईले ७ वटा खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ भने हैदरावादले दुईपटक मात्र चेन्नईलाई पराजित गरेको छ ।