
काठमाडौं, १८ जेठ – स्पेनका प्रधानमन्त्री मारिआनो राजोएविरुद्ध संसदमा अविश्वासको मत पारित भएपछि बर्खास्तीमा परेका छन् ।
राजोएको दल एक भ्रष्टाचार काण्डमा मुछिएपछि समाजवादी दलका पेद्रो सान्चेजले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सान्चेज आगामी प्रधानमन्त्री हुनेछन् ।
‘हामीहरू हाम्रो देशमो लोकतन्त्रको इतिहासमा नयाँ पृष्ठमा हस्ताक्षर गर्दैछौं,’ सान्चेजले भने ।
स्पेनको आधुनिक इतिहासमा अविश्वासको प्रस्तावबाट हटाइएका राजोए पहिलो प्रधानमन्त्री हुन् ।
पुरातनपन्थी पिपुल्स पार्टीका नेताका रूपमा उनी सन् २०११ देखि प्रधानमन्त्री थिए ।
अविश्वास प्रस्तावमाथिको बहसको दोस्रो दिन राजोएले पराजय स्वीकार गरे अनि सांसदहरूलाई भने, ‘म प्रधानमन्त्री हुने बेलाको भन्दा राम्रो स्पेन बनाएर गएकोमा गर्व गर्छु ।’
सान्चेजले विभिन्न साना दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका हुन् । एक सय असी सांसदले अविश्वासको प्रस्तावका पक्षमा जोडे, १६९ ले विपक्षमा भोट दिए भने एकजना अनुपस्थित रहे ।
बीबीसीबाट