×

NMB BANK
NIC ASIA

वडाध्यक्षको दादागिरी : चुनावमा भोट नहाल्ने सबैको घरमा डोजर

जेठ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, २८ जेठ– रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डलको दैनिकी अरुको भन्दा अलि फरक छ । उनको दैनिकी हरेक दिन आउने समस्या समाधान गर्नैमा बित्छ । तर समस्या समाधान हुन भन्दा पनि उनकै कारणले बढ्दै गएको पाइन्छ । 

Muktinath Bank

गाउँका अधिकांश सर्वसाधारणको घर भत्काएपछि अहिले उनलाई समस्या समाधान गर्न सकस परेको छ । आफ्नो दलकालाई संरक्षण गर्ने र अन्यलाई वेवास्ता गर्ने गरेको आरोप पनि उनीमाथि लागेको छ । उनका पछिल्ला गतिविधि विवादित बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुरै नसुन्ने ज्याद्रा
आमतोलाको निरञ्जन मण्डलको घर अगाडी भेटिएका अध्यक्ष मण्डल त्यहाँ सडक बिस्तारको बिषयको विवादमा थिए । उनीसँगै १ जना उनका कार्यालयका कर्मचारी थिए भने अर्का एकजना प्रहरी पनि सँगै थिए । 


Advertisment
Nabil box
Kumari

निरञ्जनलाई बाटो बिस्तारको बिषय पटक्कै मन परेको थिएन । उनले बीचको भागलाई आधार बनाएर सडकको दुबैतर्फ नाप्न भने तर वडा अध्यक्ष मण्डालले मानेनन् । 

Vianet communication
Laxmi Bank

सडकको पुर्वको भागमा उनलाई भोट हालेका व्यक्तिको जग्गा कट्ने डरले उनले पश्चिमको घर भएको जग्गा काटेर सडक बनाउने रणनीति बनाउँदा समस्या आएको निरञ्जनले बताए । तर उनको कुरा वडा अध्यक्ष मण्डलले सुनेनन्  । 

सुरक्षाकर्मी र एक्साभेटरसँगै लिएर हिँड्ने वडा अध्यक्ष मण्डलले आफू अनुकुलको सडक बिस्तार गर्दा निरञ्जनलाई मात्र समस्या परेको छैन । अधिकांश वडाका सबै जनताले दुःख पाएका छन् । 

वडा अध्यक्ष मण्डलले कुनै मापदण्ड नै नबनाई विना डिजाइनिङ् मनोमानी ढंगले सडक निर्माण गरिरहेको भन्दै स्थानीयवासी रुष्ट देखिएका छन् । उनले आफ्नो समर्थक र आफन्तको घर  जोगाउने अन्यको भत्काउने गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । 

वडा अध्यक्ष मण्डलले सडकमा पर्ने घर तत्काल एक्साभेटर लगाई भत्काइदिने गरेको र त्यसको विरोध गर्नेलाई सँगै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी लगाएर कारबाही गर्ने भन्दै तर्साउने र अभद्र व्यवहार गर्ने गरेको स्थानीयको गुनासो छ । 

सबैका एकैखाले समस्या
त्यँही नजिकै भेटिएका तत्कालिन आमगाछिका गाविस अध्यक्ष जीतलाल मण्डलले वडामा भइरहेको सडक निर्माणले वडाबासीलाई आतंकित बनाएको बताए । ‘वडा अध्यक्ष मण्डलले मनपरी ढंगले आफू अनुकुल सडक खन्ने कार्यवाट वडाबासी आतंकित भएका छन्’ उनले भने, वडा अध्यक्षले भने अनुसारको काम गरेन भने तत्काल डोजर लगाई हाल्छन् यो ठिक हैन ।’

आफूले पनि जनप्रतिनिधि भएर काम गरेको अनुभव सुनाउँदै उनले जनप्रतिनिधि कहिल्यै निरंकुश हुन नहुने बताए । तर अहिलेको काम हेर्दा जनतालाई दुःख दिने मात्र काम भएको उनले सुनाए । 

रंगेली नगरपालिका वडा नम्बर ५ का अधिकांश स्थानाका घरहरू भत्काईएका छन्  । त्यसमा केही स्वार्थ राखेर आफ्नालाई संरक्षण गर्ने कामले वडा अध्यक्ष मण्डललाई विवादित बनाएको छ । एकापटी घर र अर्को तर्फ खाली जग्गा रहेको श्रीप्रसाद मण्डलको खाली जग्गाबाट सडक लैजानुस् न भन्दा अटेर गरी घरमा डोजर हानेर भत्काइएको स्थानीले बताए ।

खाली जग्गाबाट सडक खनेको भए सडक सीधा हुने थियो । तर व्यक्तिगत वैमनश्यताले घर नै भत्काएर सडक खनेको श्रीप्रसादले गुनासो गरे । 

उनले वडाध्यक्षले आफ्नो घर सामुन्ने ३० फिट सडक पु¥याउन घरमा एक फिट जाँदा घर नै भत्काई दिएको बताए । उनले भने, ‘मेरो घरभन्दा दक्षिणमा रहेको उनको भिनाजु पर्नेको घर सामुन्नेमा भने २८ फिटमा नै सडक निर्माण गरियो । यो भेदभाव आँखै अगाडी छ ।’

यस्तै स्थानीय सञ्जय मण्डलको घर अगाडी  १२ फिटको सडक नक्सामा काटेको र दुबै तर्फ ९÷९ फिटको जग्गा लिएर जग्गा बनाउँदा पनि पर्खालसम्म आउने र एक फिट बाँकी हुने थियो । वडा अध्यक्षले पर्खाल नै भत्काएर सडक निर्माण गरेको उनले गुनासो पोेखे । 

अहिलेकै जसरी काम गर्ने हो भने पाँच बर्षको अवधिमा ७ कठ्ठा जग्गा मासेर जनप्रतिनिधिले सिध्याईदिने उनले बताए । यस्तो समस्या रंगेलीको भेडवा देखि भारतीय सिमा क्षेत्र आमगाछीसम्म बिस्तार हुन लागेको सडकसँगै गाउँका अन्य सडकमा देखिएको छ । 

गोप्य उपभोक्ता समिति
वडा अध्यक्षले सडक निर्माणको बिषयमा समेत विवादास्पद काम गरेका छन् । सडक निर्माणको लागि गोप्य रुपमा नै वडा अध्यक्षले आफ्ना मामाका छोरा अजय मण्डलको नेतृत्वमा उपभोक्त समित गठन गरेको स्थानीय सु्रेन्द्र मण्डलले आरोप लगाएका छन् । 

गत चैत २१ गते वडा कार्यालयले दिउँसो १ बजे भेला बोलाएकोमा निर्धारित समयभन्दा पहिले बिहान ९ बजे नै उपभोक्ता समित गठन भइसकेको थियो । वडा अध्यक्षले गर्दै आएको व्यवहारको रंगेलीका मेयर दिलीप बगडीया अग्रवालले समर्थन गर्ने गरेको स्थानीयको आरोप छ । 

वडा अध्यक्ष मण्डलले आफू अनुकुल उपभोक्ता समिती गठन गरेको स्वीकार गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०७९

सल्यानको कालिमाटी सब डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। ...

माघ १८, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्...

माघ ५, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।   उनीह...

माघ १८, २०७९

मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरू महतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएकी छन्।   पनेरुले १ लाख ५० हजार रुपैयाँ...

असार १६, २०७९

राष्ट्रिय सूचना आयोगले माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने रौतहट राजपुर नगरपालिकाका कार्यलय प्रमुख तथा सूचना अधिकारीलाई जरिबानाको फैसला सुनाएको छ ।  राजपुर –१ का एक्रा मुलहकले माग गरेको स...

फागुन ४, २०७९

रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।  गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा आज आय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x