नेपालका जनप्रतिनिधि काम सिक्दैछन् - अमेरिकी प्राध्यापक गुलजार [भिडियो अन्तर्वार्ता]

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

काठमाडौं, ३१ जेठ – लामो समयपछि भएको स्थानीय निर्वाचनले नेपालको लोकतन्त्रलाई बलियो बनाएको एक राजनीतिशास्त्रीले दाबी गरेका छन् ।

लोकान्तरसँग कुराकानी गर्दै अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्रका सहायक प्राध्यापक साद गुलजारले स्थानीय निर्वाचनबाट लोकतन्त्र मजबूत भएको र निर्वाचित जनप्रतिनिधिहरूलाई काम सिक्ने मौका दिनुपर्ने बताए ।


Advertisement

‘धेरै उम्मेदवारले पहिलोपटक चुनाव लडेका हुन् किनकि नेपालमा स्थानीय चुनाव नै २० वर्षपछि मात्र भएको हो,’ गुलजारले भने, ‘उनीहरूले काम गर्दा केही गल्तीहरू गरेका होलान् तर उनीहरू पनि काम सिक्दैछन् ।’

गुलजारले स्थानीय तहलाई केन्द्रले केही जिम्मेवारीहरू थप्नुपर्ने र काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताए । त्यसो भएमा स्थानीय जनप्रतिनिधिले जनताको हित हुने काम गर्ने र उनीहरू आफैं पनि राजनीतिक रूपमा अघि बढ्न सफल हुने उनको भनाइ छ ।


Advertisement

‘आफ्नो अधिकारक्षेत्रमा राम्रो सेवाप्रवाह गरेर मतदाताहरूको अपेक्षा पूरा गरेमा स्थानीय जनप्रतिनिधिको पनि प्रगति हुन्छ,’ उनले भने ।

स्थानीय जनप्रतिनिधिहरूले जनताकहाँ गएर उनीहरूको माग के छ भनी बुझ्ने र ती माग पूरा गर्ने प्रयास गर्ने सुझाव गुलजारले दिए । 

नेपालका स्थानीय तहको काम कस्तो हुँदैछ ? स्थानीय सरकारलाई सफल बनाउन के गर्ने ?

हेर्नुहोस्, प्रा. गुलजारसँग गरिएको भिडियो कुराकानी :

कमेन्ट गर्नुहोस्