२६ जेठ २०८३, मंगलबार

विश्वकपमा आज पनि तीन खेल हुँदै, पहिलो खेलमा जापान कोलम्बियासँग भिड्दै

विश्वकपमा आज पनि तीन खेल हुँदै, पहिलो खेलमा जापान कोलम्बियासँग भिड्दै

काठमाडौं, ५ असार– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन  खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ । 

यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मोर्डोभिया एरिनामा हुनेछ । 

समूह ‘एच’ अन्तर्गतकै अर्को खेलमा पोल्याण्डले सेनेगलको सामना गर्नेछ । मस्कोमा रहेको स्पार्टक रंगशालमा नेपाली समय अनुसार राति पौने ९ बजे दुई टोलिबीच प्रतिस्पर्धा हुनेछ ।

अर्को खेलमा आयोजक रुसले इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेका यी दुई देशको यो समूह चरणको दोस्रो खेल हो । खेल राति पौने १२ बजे सेन्ट पिटर्स बर्गमा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्