×

NMB BANK
NIC ASIA

अग्रलेख

मित्रता नवीकरणको नवीनतम् प्रयास

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री ओलीको चीनको ६-दिने औपचारिक भ्रमण आज (आइतवार) सकिएको छ । यसक्रममा १४ वटा सम्झौता र समझदारी भए । बिहीवार १४ अनुच्छेदको संयुक्त वक्तव्य पनि जारी भएको छ । हिमालयपार सम्पर्क स्थायी स्थापित गर्ने ध्येयले गरिएका सम्झौताहरूले व्यापार-बन्दरगाह, हवाईमार्ग, सडक र दूरसञ्चार सञ्जाल समेतलाई समेटेको देखिएको छ । प्रधानमन्त्री ओलीले अत्यधिक महत्त्व दिँदै आउनुभएको तिब्बतको केरुङलाई काठमाडौं जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन पनि हुने भएको छ यद्यपि सम्भाव्य देखिएमा त्यसको निर्माण खर्च कसरी र कसले बेहोर्ने भन्ने कुरा तय हुन बाँकी नै छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालका सरकारी संयन्त्रहरूले अहिलेको भ्रमणलाई निकै उपलब्धिपूर्ण भनेर प्रचार गरेका छन् तर जनस्तरको अवधारणाले यसलाई उच्चस्तरीय एक आवधिक भेटघाटभन्दा बढी महत्त्वको ठानेको छैन । अर्थात् द्विपक्षीय कोणबाट ओली-भ्रमणलाई कोशेढुङ्गो मान्नुपर्ने बलियो आधार छैन । चिनियापक्षले पनि यसलाई अभूतपूर्व महत्त्वको ठानेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीन जानुअघि प्रधानमन्त्री ओलीको टोलीले नेपाली जनतामाझ ठूलै अपेक्षा जगाएको थियो । चीनका राष्ट्रपति शी चिनफिङ सन् २०१८ मा नेपालको भ्रमणमा आउने वातावरण तय हुने भनिएकोमा त्यसबारे किटानसाथ केही घोषणा आएन । त्यसैगरी, दुई वर्षअघि भएका नेपाललाई उपलब्ध गराइने तय भएको पारवहनसम्बन्धी सन्धि कार्यान्वयनलाई सहज गराउने कागजपत्र (प्रोटोकल) आदानप्रदान हुन सकेन । र, लिपुलेकमा परेको नेपाली भू-भागबारे नेपालको सार्वभौमसत्ता उल्लंघन हुने गरी भारत र चीनले सन् २०१५ मा गरेको व्यापारिक सम्झौताप्रति राष्ट्रको चिन्ता प्रकट गरेको पनि पाइएन । यो विषय प्रधानमन्त्री ओलीले भारत जाँदा र नरेन्द्र मोदी नेपाल आउँदा समेत उठाएको देखिएन; सुनिएन ।


Advertisment
Nabil box
Kumari

बरु चीनका प्रधानमन्त्री ली खछ्याङले भने नेपालका समकक्षीसित भेटवार्ता गरेपछि प्रकट गरेको उद्‌गारले यसपल्टको भ्रमणको सन्दर्भ ‘हिमाली-एसिया’ भन्न सकिने यस क्षेत्रमा क्षेत्रीयसहयोग विस्तारको हिसाबले महत्त्वपूर्ण हुने अभिव्यक्ति दिनुभएको छ । हो, क्षेत्रीयस्तरमा शान्ति, स्थायित्व र समृध्दि हासिल हुन सके नेपाल स्वत: लाभान्वित हुन सक्ने कुरामा भने एक हदमा आश्वस्त हुन सकिन्छ । तर यहाँ मूलत: चीन हिमाल-पार हुँदै दक्षिण एसियामा आफ्नो बजार र राजनीतिक प्रभाव विस्तार गर्न आतुर देखापरेको छ जुन एक हदमा स्वाभाविक पनि छ । ‘बेल्ट एण्ड रोड ईनिसिटिभ’ नामबाट सडक-सञ्चार सञ्जाल विस्तारमा देखिएको चीनको अग्रसरतालाई यसै परिप्रेक्ष्यमा हेरिनु उचित हुनेछ ।

Vianet communication
Laxmi Bank

नेपालले चीनको क्षेत्रीय योजना र परियोजनाहरूबाट अधिकतम् लाभ कसरी उठाउन सक्छ त्यसमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । त्यसको लागि राजनीतिक, प्रशासनिक र प्राविधिक हिसाबले पर्याप्त गृहकार्य गर्ने विषयलाई प्राथमिकतामा राख्नु अत्यावश्यक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x