×

NMB BANK
NIC ASIA

यस्तो त पञ्चायतकालमा पनि हुन्थेन – उपकुलपति कोइराला [अन्तर्वार्ता]

असार २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिवार विमानस्थलबाट फर्काइएको घटनालाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आइतवार राष्ट्रियसभाको बैठकमा कांग्रेसका सांसद बद्री पाण्डेले कोइरालालाई नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका हुन् ।  उपकुलपतिमाथि भएको दुर्व्यवहारको सामाजिक सञ्जालमा पनि विरोध भएको छ । शनिवार भएको घटनाका सम्बन्धमा उपकुलपति कोइरालासँग लोकान्तरका लागि सुशील पन्तले टेलिफोनमा कुरा गरेका थिए । प्रस्तुत छ कुराकानीको सार :

Sagarmatha Cement
Muktinath Bank

हिजो शनिवार विमानस्थलमा तपाईंमाथि के भएको हो ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन गराउने अभियानका साथ वि.सं. २०७२ साल मंसिर महिनादेखि म लागेको थिएँ । त्यसबेला शिक्षामन्त्री गोपालमान श्रेष्ठले सचिवालय गठन र सम्मेलनका लागि ३५ लाख रुपैयाँ दिने सहमति गर्नुभयो । क्यानडाको ब्रिटिश–कोलम्बिया विश्वविद्यालयमा १७औं संस्कृत विश्व सम्मेलन भइरहेको छ, त्यसमा सहभागी हुन शिक्षामन्त्रालयले सहमतिपत्र दिएको थियो ।


Advertisment
Nabil box
Kumari

नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले उपकुलपतिको नेतृत्वमा सातजना सहभागी गराउने निर्णय पास गरेको थियो । त्यसैअनुसार मैले १५ गते सहकुलपतिमार्फत कुलपतिलाई ऐननियमको व्यवस्था अनुसार सम्बोधन गरेर प्रवेशाज्ञा (भिसा)का लागि निवेदन दिएको थिएँ । त्यो प्रवेशाज्ञा पहिला प्रक्रियामा रहन्थ्यो, पछि स्वीकृत हुन्थ्यो । पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा त्यस्तै भएको थियो, त्यसैगरी म दुईपटक विदेश गएको थिएँ । यसपटक छिट्टै भयो । 

Vianet communication
Laxmi Bank

अहिले विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी ओलीले बहाना बखेडा गरेर मलाई छापामार शैलीमा विमानस्थलबाट प्रहरी लगाएर विना आरोप, बिना पक्राउपुर्जी एक प्रकारले पक्राउ नै गरेर बालुवाटारको एउटा कोठामा लगेर एक घण्टा राख्ने काम गर्नुभयो । विमान उडिसकेपछि बल्ल मलाई छाडियो । कुलपति (प्रधानमन्त्री) ले भेट्न खोज्नुभएको भनिएको थियो तर मलाई कुलपतिजीले भेट्नुभएन । 
अहिलेको सरकारको संस्कृतप्रतिको पूर्वनियोजित आक्रोश, एकेडमीप्रतिको आक्रमण र सर्वसत्तावादका लक्षणहरू एकसाथ प्रकट भएको मैले अनुभव गरेको छु । 

यो मेरो मात्र अपमान होइन, सम्पूर्ण प्राज्ञिक जगतकै अपमान हो  । म व्यक्ति अपमानित हुँदा सिंगो प्राज्ञिक जगतका मानिस अपमानित भएका छन् यसबाट । 

विमानस्थलबाट बालुवाटार लगिएपछि के भयो ? 

मलाई विदश जान रोक्ने नियत रैछ भन्ने मैले बुझें । मलाई केही आरोप लगाइएन । एउटा कोठामा राखेर छाडियो । 

विमानस्थलमा हाम्रो हाकिम साबले भेट्न खोज्नुभएको छ भनेर मलाई तीनजना प्रहरीले हाकिमतिर ल्याए । त्यहाँ मेरो कागजपत्र चेकजाँच हुँदै थियो । त्यहाँ कमल घर्ती भन्ने डीआईजी हुनुहुँदो रहेछ सिभिल ड्रेसमा । उहाँँले तपाईंलाई कुलपतिले भेटन खोज्नुभएको छ सर, गाडी तयार छ, म तपाईंलाई बालुवाटार पुर्‍याउँछु भन्नुभयो । हुन्छ भनेर म बालुवाटार गएँ । बालुवाटारमा लगेर मलाई एक घण्टा कोठामा राखियो । कुलपतिले बोलाएको भनेर लगियो तर मलाई भेट्नुभएन । एक घण्टापछि आज कुलपतिजी व्यस्त हुनुभयो, तपाईं अहिले घर जानुस् भनियो ।  म घर फर्कें । घरमा फर्किएपछि डीएसपी दिनेश भट्टले फोन गरेर सामान लिएर जान भन्नुभयो । सुरक्षित राख्नुभएको रहेछ, घर फर्काइदिनुभयो । 

किन यस्तो भयो जस्तो लाग्छ ? 

हाम्रो नियुक्ति प्राज्ञिक प्रक्रियाबाट भएको हो । ऐन संशोधन नगरी हामीलाई हटाउन पनि सकिँदैन । २०७२ साल भाद्र ७ गते विश्वविद्यालयका चारजना उपकुलपतिहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरकारले गरेको हो । २०७६ साल भाद्र ६ गते हामी चार उपकुलपतिको कार्यकाल सकिन्छ । त्यसबेलामा अहिलेका प्रधानमन्त्रीले विधि र प्रक्रियाअनुसार नियुक्त गर्न सक्नुहुन्छ , त्यसभन्दा पहिले निकाल्ने हो भने ऐन संशोधन गर्नुपर्छ । 

तपार्इं कसैलाई निमित्त नदिई विदेश जान लाग्नुभएको भन्ने आरोप सुनियो नि !

निमित्तका लागि रेक्टरको नाममा पत्र ठीक पारेको थिएँ, आजबाट लागू हुनेगरी दिँदै थिए । मैले चिट्ठी ठिक्क पारेर इमेल गर्न लागेको थिएँ । मलाई रोकेपछि निमित्त दिनुपर्ने कुरो भएन, म देशभित्र छु । मैले सही गरेको थिएँ, मैले मेल गरेर पठाउथें । 

तपाईंप्रति भएको व्यवहारलाई कसरी लिनुभएको छ ? 

विचारसँग असहमति राख्नेहरूलाई सताउने वर्तमान सरकारको पहिलो कदम हुनसक्छ । यस्तैगरी सताएपछि राजीनामा दिएर भागून् भन्ने उहाँहरूको चाहना हुनसक्छ । तर यो किमार्थ पूरा हुन सक्दैन किनभने लोकतन्त्र र जनताको अधिकारका लागि हामी जेल गयौं, उहाँहरू साम्यवादका लागि हिंसा गरेर सत्तामा आउनुभएको छ । हामीहरू अनेक विचारमा एकता खोज्छौं, उहाँहरू मान्छे काटेर एकता खोज्नुहुन्छ । यो द्वन्द्व अगाडि बढ्छ । 
विश्वविद्यालयको उपकुलपतिलाई एउटा अपराधीलाई राज्यले जुन जस्तो शैलीमा नियन्त्रण गर्छ, त्यो शैलीमा नियन्त्रण गर्नु हुन्छ ? यस्तो त तानशाही व्यवस्थामा हुन्छ । पञ्चायतले पनि यस्तो गरेको थिएन । बीपीलाई विदेश जानबाट रोक्नका लागि किनेका मान्छे ल्याएर सुताएर रोकिएको थियो, त्यसपछि यस्तो भएको थिएन । 

यो मेरो मात्र अपमान होइन, सम्पूर्ण प्राज्ञिक जगतकै अपमान हो  । म व्यक्ति अपमानित हुँदा सिंगो प्राज्ञिक जगतका मानिस अपमानित भएका छन् यसबाट । 

अब के गर्नुहुन्छ ?

मैले के गर्ने ? मेरा कुरा जनतासमक्ष पुर्‍याउँछु । जनताले जे आदेश दिन्छन्, त्यही गर्छु । तर राजीनामा गरेर भाग्दिनँ । म फेरि भन्छु, यस्तै सताएपछि राजीनामा दिएर भागून् भन्ने उहाँहरूको चाहना हो भने किमार्थ पूरा हुन सक्दैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x