बाढीमा डुबेका भक्तपुरका बस्ती पुग्दा जे देखियो [फोटोफिचर / भिडियो]

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

भक्तपुर – अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरका कैयन बस्ती डुबानमा परे । अरनिको राजमार्गस्थित राधेराधे र भाटभटेनी सुपरमार्केट लगायत क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

बाढीले भक्तपुर नगरपालिकाका ३ र मध्युपर थिमी तथा  सूर्यविनायक नगरपालिकाका ३ गरी ६ वटा वडाका खोला आसपासका बस्तीहरू डुबानमा परेका छन् ।


Advertisement

बाढीले केही चौपाया समेत बगाएको छ । खोला किनारमा रहेको एउटा फार्मबाट  २४ वटा बंगुरका पाठा बगाएको हाे ।


Advertisement

यसैगरी बाढीले चारडोबाटोबाट बालकोट जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ ।

बिहीवार दिउँसो वर्षा कम भए पनि डुबान प्रभावित क्षेत्रमा पानी सुकेको छैन ।

कमेन्ट गर्नुहोस्