
काठमाडौं – गृहमन्त्रालयले देशका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।
गृहले बुधबार १६ जिल्लाका सीडीओ, ४ सहायक सीडीओको सरुवा गरेको हो ।
गृहले आफू मातहतका शाखा र विभागका प्रमुखहरू समेत हेरफेर गरेको छ । गृह मातहतका शाखा र विभागमा गरी ४ सहसचिव र ५ उपसचिवको समेत सरुवा भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई मन्त्रालयमा तानिएको छ भने उनको ठाउँमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ल्याइएको छ ।
यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ पनि गृह मन्त्रालयमा तानिएका छन् । उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव प्रेमराज जोशी सरुवा भएर आएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी जिल्ला प्रशासन कार्यालय मोरङमा सरुवा भएका छन् भने उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सीडीओ मदन भुजेललाई सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा सरुवा भएका छन् भने उनको ठाउँमा मकवानपुरका सीडीओ चक्रबहादुर बुढालाई सरुवा गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका सह–सचिव होमनाथ थपलिया प्रहरी किताबखानमा सरुवा भएका छन् ।
गृह मन्त्रालयले नेपालमा हुने गरेको सुन तस्करीको छानबिन गर्न गठन गरेको समितिका संयोजक रहेका सहसचिव ईश्वरराज पौडेल अध्यागमनको महानिर्देशकका रूपमा सरुवा भएका छन् भने अध्यागमनका महानिर्देशक रहेका दीपक काफ्लेलाई राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ ।
हेर्नुहोस्, सूची :
