
विराटनगर – विराटनगरस्थित मेरिल्याण्ड कलेजका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (बीबीए) विषयमा दीक्षित भएका छन् ।
बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले ४ वर्ष अध्ययन पश्चात् विद्यार्थीलाई दीक्षित गरेको हो । विराटनगरको बिग होटलमा आयोजित भव्य कार्यक्रमबीच विद्यार्थीलाई दीक्षित गरिएको थियो ।
बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले विद्यार्थीलाई दीक्षित गरेका थिए । समारोहमा उनले कलेजबाट उत्पादित जनशक्ति विश्व बजारमा सहज र सरल किसिमले खपत हुने बताए । उनले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
इनोभेट नेपाल ग्रुपका सुलभ बुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताए । कार्यक्रममा बेलायती विश्वविद्यालयका डा. गुरमुक सिंहले सीप तथा दक्षता हासिल गर्ने कार्यमा बेलायती र नेपाली विद्यार्थीमा कुनै भिन्नता नरहेको बताए । बेलायतको शिक्षा नेपालमै पाएर दीक्षित हुन पाउनु गर्वको कुरा रहेको दीक्षित विद्यार्थीले सुनाए ।

ईनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा देशका विभिन्न शहर काठमाडौं, पोखरा, इटहरीजस्तै विराटनगरमा पनि बीबीएमको कोर्स मेरिल्याण्ड कलेजले सञ्चालन गरिरहेको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित कलेजमा बेलायतको बिजनेस डिग्री (बीबीएम) सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर, इस्लिंग्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा छन् ।