भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — हाम्रो शरीर एकखाले मशिन जस्तो छ । यसको जटिल संरचनालाई जोसुकैले बुझ्न सक्दैन । मानव शरीरका धेरै जानकारी अझै पनि हामीलाई थाहै छैन । यहाँ हामी शरीरसँग जोडिएका केही रोचक जानकारी दिँदैछौं ।
हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् ।
जुन व्यक्तिको आईक्यू स्तर बढी हुन्छ उसले धेरै सपना देख्छ ।
पुरुषहरूको अनुहारमा रौं शरीरका अन्य भागमा भन्दा धेर छिट्टो बढ्छ ।
हाम्रो पेटमा भएको एसिडले ब्लेड पनि पचाइदिन्छ ।
हामीले जिन्दगीभरि निकाल्ने –यालले दुईवटा स्विमिङ पूल भरिन्छ ।
हाम्रो हातको माझी औंलोको नङ अरू औंलाभन्दा छिट्टो बढ्छ ।
कानमा फोहर जमेको कसैलाई मन पर्दैन तर हाम्रो शरीरको रक्षाका लागि यो आवश्यक कुरा हो ।
पुरुषको तुलनामा महिलाहरूको मुटु बढी तीव्र गतिमा धड्किन्छ ।
धेर खाना खाएपछि हाम्रो सुन्ने क्षमता कम हुन्छ ।
एक सर्वेक्षण अनुसार पुरुषलाई महिलाभन्दा बढी बाडुली आउँछ ।
हाम्रो नाकले करीब ५० हजार किसिमको गन्ध सुँघ्न सक्छ जबकि हाम्रा आँखाहरूले एक करोड रंग चिन्न सक्छन् ।
सुन्दा आश्चर्य लाग्ला तर सोमवारको दिन हृदयघातको खतरा सबभन्दा बढी हुन्छ । एक सर्वेक्षण अनुसार करीब २० प्रतिशत मानिसको मृत्यु अरू दिनभन्दा पनि सोमवार हृदयघातका कारण भएको थियो ।
धेरजसो रोगहरू तनावका कारण हुन्छन् । अध्ययनहरूले ९० प्रतिशत रोग तनावका कारण हुने देखाएका छन् ।
महिलाको तुलनामा पुरुषको शरीरमा रगतको मात्रा बढी हुन्छ । पुरुषहरूको शरीरमा ६.८ लिटर रगत हुन्छ भने महिलाहरूको जम्मा पाँच लिटर रगत हुन्छ ।
बिहान तीनदेखि चार बजेको समयमा हाम्रो शरीर सबभन्दा कमजोर अवस्थामा हुन्छ । यसैले यस समयमा सबभन्दा बढी हृदयघात हुन्छ ।
चर्को आवाज आउँदा हाम्रा आँखाका नानी चौडा हुन्छन् ।
जन्मपछि हाम्रा आँखाहरूको आकार बढ्दैन जबकि नाक र कान जिन्दगीभरि बढिरहन्छन् ।
हाम्रो आँखाको कोर्नियासम्म रगत पुग्दैन । त्यसैले कोर्नियाले अक्सिजन सिधै हावाबाट लिन्छ ।
हरेक मनुष्यको एउटा आँखा तेज र अर्को आँखा कमजोर हुन्छ ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...