२७ जेठ २०८३, बुधबार

शुरु भएन सुनुवाइ समितिको बैठक, सांसदहरुको दौडधूप

शुरु भएन सुनुवाइ समितिको बैठक, सांसदहरुको दौडधूप

काठमाडौं– संवैधानिक परिषद्द्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सम्बन्धमा निर्णय लिन संसदीय सुनुवाई विशेष समितिको बैठक आज बस्दैछ । 

दिउँसो साढे ३ बजे बस्ने भनिएको बैठक अपरान्ह सवा ४ बजेसम्म शुरु हुन सकेको छैन । 

बैठक शुरु हुन अघि नेकपाका सांसदहरुले पार्टी संसदीय दलको कार्यलयमा दलका उपनेता सुवास नेम्बाङलगातसँग छलफल गरेका थिए । त्यस्तै कांग्रेसका सांसदहरुले पनि छलफल गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल वार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसँग छलफल गरेका छन् ।

बैठकअघि नेकपा र कांग्रेसका सांसदहरुले पार्टीभित्र परामर्श गरेका थिए । कांग्रेसका केही सांसद आइनपुगेका कारण बैठक शुरु हुन नसकेको सचिवालयका एक कर्मचारीले जानकारी दिए । 

जोशीलाई प्रधानन्यायाधीशका लागि सिफरिश गर्ने कि नगर्ने भन्नेमा समितिमा विबाद छ । नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ भने कांगे्रस जोशीको नाम अनुमोदन गर्नुपर्ने अडानमा छ । सहमति जुटन नसक्दा समितिको बैठक लम्बिएको लम्बियै छ ।

संवैधानिक परिषद्बाट जेठ २९ गते सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिश जोशीको सम्बन्धमा संसदीय सुनुवाइ समितिले साउन १० गते सुनुवाई गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्