साउन २८, २०७९
तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । छाब्दी...
काठमाडौं — महाभारतको युद्धमा अनेकौं शक्तिशाली योद्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो लडाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए ।
यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्चा गर्दैछौं । उनमा हजारवटा हात्तीको बल थियो र उनले नर्मदा नदीको प्रवाहलाई समेत रोकिदिएका थिए ।
तर भीममा यति धेरै शक्ति आयो कसरी ? अलिकति पृष्ठिभूमिमा जाऔं ।
यदुवंशी राजा शूरसेनको पृथा नामक कन्या र वसुदेव नामक पुत्र थिए । कन्यालाई शूरसेनले आफ्नी फुपुको सन्तानहीन छोरो कुन्तीभोजलाई दिए । कुन्तीभोजले कन्याको नाम कुन्ती राखे । कुन्तीको विवाह पाण्डुसँग भयो ।
कुन्तीले दुर्वासा ऋषिको सत्कार गरेर उहाँलाई खुशी तुल्याएपछि देवतालाई बोलाउने वरदान पाइन् । मन्त्रलाई जाँच्नका लागि उनले सूर्यदेवलाई आह्वान गरिन् । सूर्यदेव आए र उनलाई छोरा कर्ण प्राप्ति हुने वरदान दिए । अविवाहित कुन्तीले लोकलाजको भयले कर्णलाई खोलामा बगाइदिइन् ।
पाण्डुले कुन्तीबाहेक माद्रीलाई पनि बिहे गरे । पछि उनलाई ऋषिको श्राप लागेर सहवास गर्दा मृत्यु हुने अवस्था आइलाग्यो ।
यतिखेर कुन्तीको वरदान काम लाग्यो । कुन्तीले धर्मराजलाई आह्वान गरेर युधिष्ठिर जन्माइन् । त्यसैगरी वायुदेवको अंशबाट भीम, इन्द्रको अंशबाट अर्जुन र अश्विनीकुमारको अंशबाट माद्रीको गर्भमा नकुल र सहदेव उत्पन्न भए ।
कौरव र पाण्डवहरूमा मतभेद थियो । एक योजनाअन्तर्गत दुर्योधनले धोकापूर्ण तरिकाले भीमलाई विष पिलाएर गंगा नदीमा फ्याँकेका थिए । मूर्च्छित अवस्थामा भीम बग्दै बग्दै नागलोक पुगे ।
त्यहाँ विषालु नागहरूले भीमलाई खुबै डसे । नागले डस्दा भीमको शरीरमा भएको विषको असर घट्दै गयो ।
विषको असर घट्दै गएपछि भीम बौरिए अनि नागहरूलाई धमाधम मार्न थाले । यो खबर नागराज वासुकिकहाँ पुग्यो र उनी स्वयं भीमकहाँ आइपुगे । वासुकिको साथी आर्यकले भीमलाई चिने ।
आर्यक भीमका प्रपितामह थिए । भीमले आफूलाई धोका दिएर विष खुवाइएको र गंगामा बगाइएको कथा सुनाए ।
त्यसपछि आर्यकले भीमलाई हजार हात्तीको बल दिने कुण्डहरूको पानी पिलाए । यसले गर्दा भीम अझै शक्तिशाली भए ।
दुर्योधनको लाख प्रयासका बाबजुद पाण्डवहरू र विशेषगरी भीमलाई केही भएन । पछि महाभारतको युद्ध अन्त्य हुने बेलामा भीमले दुर्योधनको वध गरे ।
तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । छाब्दी...
पाँचौं विश्व संस्कृत दिवसको अवसरमा प्रा.डा. दीर्घराज घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’ र रोहिणीराज तिमिल्सिनालाई १ लाख रुपैयाँ राशिको ‘आरुणि संस्कृत शोधवृत्ति’ प्रदान गरिएको छ । काठ...
मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ । विभिन्न देवी–देवताका मुखुण्डो धारण गरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक नीलबाराही, ...
ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोमा नवदुर्गा भवानी देवी नाच शुरू भएको छ । १२ वर्षमा एकचोटी हुने यो नाच शनिवारदेखि शुरू भएको हो । जात्रा झण्डै वर्षभरि नै चल्ने गर्दछ । २०७९ साउन १० गते गठेमंगलका दिन म...
मृतकको आत्माको शान्तिको कामना गर्दै हास्य-व्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रवार ‘सापारु’ अर्थात् गाई...
सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३:१५ बजेदेखि न...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...