×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेशका सांसदहरुले जनताले भोगिरहेका समस्या समाधान सरकार उदासीन भएको आरोप लगाएका छन् । 

Muktinath Bank

आइतबार बसेको दोश्रो अधिवेशनको छत्तिसौं वैठकमा विशेष समय लिएर बोल्ने अधिकांश सांसदहरुले आफूहरुले संसदमा उठाएका सार्वजनिक महत्त्वका विषयलाई सरकारले  पुरा गरे÷ नगरेको जानकारी नपाएको भन्दै आक्रोश पोखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


जाजरकोटका सांसद गणेशप्रसाद सिंहले भेरी नगरपालिकाको वडा नं. ४ मा रहेको ठाँटी बजारमा आइतबार विहान आएको पहिरोल दुई घर पुरेको र एक घरलाई आधा भत्काउँदा ७ जनाको ज्यान गएको भएपनि प्रदेश सरकारले उद्धारमा सहायता नगरेको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

‘बारम्बार हामीले संसदमार्फत सरकारलाई जानकारी दिदाँ पनि सरकार उदासिन हुनु दुखद् हो, उनले भने, अझैपनि ७० घर पहिरोको उच्च जोखिममा छन्, सरकारले ती वस्तिलाई सुरक्षित स्थानमा सार्न पहल गरोस् ।’ 

Vianet communication
Laxmi Bank

सांसद सिंहले पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल राहत र घाइतेको उपचार गराउन सरकारसँग माग गरे । 

अर्का सांसद कृष्णा शाहले उक्त घटनाले जाजरकोट पुरै शोकमग्न भएकोे भन्दै सरकार मुकदर्शक बनेको आरोप लगाइन् । 

‘हामी अहिले शोकमा छौं, परिवारै विनाश भएको छ, तर सरकार दर्शक मात्रै बनेर बसेको छ’ उनले भनिन्, ‘यदी यस्तै हुने हो भने, सरकारको रवैया यस्तै हुने हो भने अभिभावकीय भूमिका कसले निर्वाह गर्ने ?’

सांस शाहल सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । 

सांसद कौशिल्यावती खत्रीले सरकारले जाजरकोट लगायत अन्य क्षेत्रमा पीडित बनेका जनताको उपचार, राहत एवं उद्धारमा ध्यान दिन नसकेको आरोप लगाइन् । सरकारले अभिभावकत्व ग्रहरण गर्न नसकेको उनको भनाइ थियो । 

सांसद चन्द्रबहादुर शाहीले मुगुको खत्याड गाँउपालिका वडा नं. ४ जिउकामा किसानको गोठमा पहिरो खस्दा करिब ७० ओटा गाइबस्तु मरेका भन्दै जनताका हरेक पीडामा सरकारले मल्हम लगाउनु पर्ने बताए । 

सांसद पदमा खड्काले राजधानी व्यवस्थित गर्न प्रदेश सरकारले के गरिरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरिन् । 

‘राजधानी नै डुवानमा परेको छ, विद्यालयहरु बन्द भएका छन्, एम्बुलेन्स पनि जान सकेको छैन’ उनले भनिन्, ‘राजधानी व्यवस्थापन गर्ने बारेमा सरकारले के गरेको छ, संसदलाई जानकारी दिनुपर्छ ।,’ 

खोलाका किनारहरु अतिक्रमण भइरहेका कारण वीरेन्द्रनगरका केही स्थानहरु बाढी पहिरोको उच्च जोखिममा रहेको बताउँदे सांसद खड्काले अतिक्रमण हटाउन सरकारले अभियानको थालनी  गनुृपर्ने सुझाव दिइन् । 

सांसद मिनासिंह रखालले बालविवाह कै कारण आत्महत्या बढेको बताइन् । एउटा घटना सुनाउँदै रखालले भनिन्,‘केही दिनअघि किशोर–किशोरीले भागी विहे गरेका तर कानूनका कारण उनीहरुको विवाह अवैध थियो ।  उनीहरु अर्कै घरमा अलग भएर बसे तर अविर शर्माले किशोरी पवित्रा शाही संग बसेको फोटो उनका प्रेमी सुशान्त ठकुरीलाई शर्माले म्यासेन्जरमा पठाएकाले पवित्राले आत्महत्या रोज्न पुगिन् । यदी यो  कुरा सत्य हो भने आत्महत्या गर्न बाध्य बनाउने अविर शर्मालाई  कडा कारवाही होस् ।


यसैबीच, आइतबारको संसद वैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रशासकीय कार्यविधी नियमित गर्ने सम्वन्धमा व्यवस्थागर्न बनेको विधेयक, २०७५ सभासमक्ष सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए । यस्तै सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सभा सचिवालय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ विधायन तथा प्रदेश मामिला समितिमा पठाउनका लागि निर्णर्याथ प्रस्तुत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x