मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
साउन महिना भगवान शिवको विशेष पूजा आराधना हुने गरेको छ । यस महिनामा शिव भगवानलाई प्रसन्न पार्न सकिए मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
श्रावण महिनामा भगवान शिवको मन्दीर, नदी नालामा भक्तजनको उपस्थिति हुने गरेको छ । श्रावणलाई भगवान शिवसहित प्रकृतिको पूजाको रुपमा समेत लिने गरिएको छ ।
यस महिना भगवान शिवको पूजामा विशेष ध्यान दिन जरुरी छ । यस वर्ष चारवटा सोमबार रहेका छन् । श्रावणको शुभारम्भ श्रवण नक्षत्र, मकर राशि तथा कर्कट लग्नमा भएको छ । मकर राशिको स्वामी शनि हो । कर्कटको स्वामी चन्द्रमा हो र चन्द्रमा र शनि वराबर शत्रु हुन् । यस कारण श्रावणको शुभारम्भ राजसी योगमा रहेको छ । राजसी योगमा भगवान शिवको रुद्राभिषेक तथा जप गर्नाले सबै मनोकामना पूर्णहुने विश्वास गरिन्छ । पार्वतीले पनि श्रावणमा शिवलाई प्रशन्न गरेर पति पाएकी थिइन् । यसकारण युवतीहरु आफूले चाहेको जस्तो वरका लागि सोमबारको ब्रत बस्ने गरेका छन् ।
यदी निर्जल ब्रत बस्न नसकेको खण्डमा फलाहार ब्रत राख्न सकिने छ । शिव पुराणको पाठ पारयण गर्दा लाभदायक हुन्छ । शिव पुराण पाठ पारयण गर्नाले मुक्तिपाइने धर्मशास्त्रमा उल्लेख गरिएको छ । शिवजीको पूजामा वेलपत्र र तामाको नाग भगवान शिवलाई अर्पण गर्नुपर्छ । ज्योतिषशास्त्र अनुसार यसले कालसर्प, सर्प योग तथा राहु केतुको अशुभ प्रभावमा कमी आउँनेछ । सूर्योदय भन्दा पहिला उठेर शिव भगवानको ध्यान तथा शिवलिंगमा जलअभिषेक गर्नु पर्दछ ।
श्रावण महिनामा मासु, मदिराको सेवनलाई बर्जित गरिएको छ । विवाह लगायका कार्य गर्न पनि बन्देज लगाइएको छ । यसका अलावा ब्रम्हचार्य ब्रत नियमको पालना गर्न आवश्यक छ र साउनको एक महिनाको ब्रतमा हरियो सागसव्जि खान हुँदैन । त्यस्तै शरीरमा तेल लगाउन तथा काँसको भाडामा खाना खानु शुभ मानिन्छ । पूजाका क्रममा शिवलिंगमा बेसार चढाउन बर्जित गरिएको छ ।
श्रावण महिनामा दुधको सेवन राम्रो मानिदैन । यही कारण श्रावण महिनामा भगवान शिवलाई दूधबाट अभिषेक गर्नु भनिएको हो । श्रावण महिनामा दिउँसो सुत्नु हुँदैन, त्यस्तै भन्टा तरकारीको रुपमा खान हुँदैन । भन्टालाई अशुद्ध मानिन्छ । यसकारण द्वादशी, चतुर्दशी तथा कात्तिक महिनामा पनि यसको सेवन गर्नु हुँदैन ।
श्रावणमा घर नजिक साँढे आएको खण्डमा लखेट्नु हुँदैन, बरु केही खुवाउनु पर्छ । साँढे भगवान शिवको वाहन नन्दीको रुपमा रहन्छ । यो महिनामा शिव र पार्वतीको पूजा अर्चनाले प्रेम, सद्भावमा वृद्धि हुन्छ तथा दाम्पत्य जीवन पनि सफल हुने धार्मिक मान्यता छ ।
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...