
काठमाडौं– बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले मोरक्कोमा आइतबार राति भएको खेलमा सेभिल्लालाई २–१ ले हराउँदै उपाधि उचालेको हो ।
पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७८ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका हुन् ।
बार्सिलोनाले सुपर कपका पछिल्ला १० सिजनमा ९ पटक खेलेको छ । तर एक लेग र विदेशी भूमिमा भएको यो पहिलो खेल हो ।