
काठमाडौं– आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा जलवास्पयुक्त वायु पनि पर्याप्त रहेकाले विशेष गरी दिनभर देशको मध्य र पूर्व क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।
देशभरको मौसम बिहानैदेखि बदली भएको छ । काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा पानी परेको छ । बुधबारदेखि भने मौसममा केही सुधार आउने छ ।
देशका सबै क्षेत्रमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

