चैत ७, २०७९
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
दशवटा टाउको भएको अनि बीसवटा हात भएको रावण हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक हो ।
हिन्दू परम्परा अनुसार आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर प्रज्ञाको उपयोग गर्दा सर्वोच्चता हासिल गर्न सकिन्छ । त्यसैले राजा महाबलीले रावणलाई नीच भावनाहरू त्याग्न आग्रह गरेका थिए ।
रिस, अभिमान, ईर्ष्या, खुशी, डर, स्वार्थ, वासना र महत्वाकांक्षा नीच संवेग हुन् । रावणका नौ शिरले यिनैको प्रतिनिधित्व गर्छन् भने दशौं शिरले प्रज्ञाको । राजा महाबलीले त्यसैकारण रावणलाई एक शिर राखेर अरूलाई त्याग्न सल्लाह दिएका थिए ।
तर रावणले महाबलीको सल्लाह मानेन र यी दश संवेग आफूसँग भएका कारण आफू पूर्ण पुरुष भएको दाबी ग–यो ।
एकथरी विद्वानहरू रावणका दश शिरले चार वेद र ६ दर्शनशास्त्रको प्रतिनिधित्व गर्ने मान्यता राख्छन् । रावण राक्षस भएपनि प्रकाण्ड विद्वान् थियो भन्ने रामायणमा नै लेखिएको छ ।
विश्रवण ऋषि र कैकशी दैत्यका छोरा रावणलाई ६४ विद्या र शस्त्रको ज्ञान थियो । अर्कप्रकाश, कुमारतन्त्र, इन्द्रजाल, प्राकृत लंकेश्वर लगायतका ग्रन्थ रावणले रचेको मानिन्छ ।
विवेक र प्रज्ञाले भावना र संवेगलाई नियन्त्रणमा राख्छ । तर रावणका दश शिरले नकारात्मक संवेगलाई प्रोत्साहन दिएकाले उसको विनाश भयो । मृत्युशैयामा रावणले गरेको पश्चात्ताप नै यही थियो, ‘त्यत्ति ठूलो विद्वान् भइकन पनि मैले संवेगहरूलाई नियन्त्रण गर्न सकिनँ र इच्छाहरूको दास बनें ।’
एजेन्सीको सहयोगमा
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
पर्सासहित तराई मधेशका जिल्लामा बिहीवार रंगैरंगको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेशमा मनाउनुपर्ने होली बिहीवार मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनु...
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा मंगलवार घोडेजात्रा कार्यक्रम गर्दैछ । त्यस अवसरमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्...
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...
चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज मंगलवार विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्...
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ । मौसम केही न्यानो हुँदै गएको र पाथीभरा क्षेत्रमा हिउँ परेपछि पर्यटकको आगमन बढ्दै गएको हो । बर्सेनि वसन्त ऋतुको आगमनसँगै भक्तज...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...