२६ जेठ २०८३, मंगलबार

व्यक्तिको नाममा रहेको जग्गा मन्दिरको ठहर

व्यक्तिको नाममा रहेको जग्गा मन्दिरको ठहर

पोखरा-  व्यक्तिको नाम देखिएका पोखरा लेखनाथ महानगरपालिका–३ स्थित नारायणस्थान मन्दिरको ५० रोपनी जग्गालाई गुठी संस्थान काठमाडौँले सोही मन्दिरको जग्गा भएको ठहर गरेको छ । 

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नौवटा कित्तामा रहेको सो जग्गा गत साउन ३० गते नारायणस्थान गुठीको नाममा कायम गरिएको सो अवसरमा जानकारी गराइयो । 

सो समितिका अध्यक्ष महेश पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानकै जग्गा ठहर गरी कानूनबमोजिम गुठीको स्वामित्व नभएसम्म हक हस्तान्तरण हुननसक्ने व्यवस्थातर्फ आवश्यक सचेतना अपनाई सो गुठीको जग्गा संरक्षण गर्नका लागि २०७३ साल माघ १० गते गुठी संस्थानमा पत्र पठाएपछि सो जग्गा नारायणस्थान गुठीमा प्राप्त भएको बताउनुभयो । 

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले उक्त जग्गा पोखरा लेखनाथ नगरपािलका–१४ मा ६ वटा कित्ता, वडा नं १६ मा दुई र १३ मा एउटा कित्ता रहेको जानकारी गराइयो । 

विसं १९४२ मा ब्रह्मचारी गणेश गिरीले सो मन्दिरमा स्थापना गरिएका लक्ष्मीनारायणको पूजापाठ, अतिथि सेवा, कृष्णजात्रा र पूजारीको खान्की समेतका ५० रोपनी जग्गा दानपत्र गर्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्