
काठमाडौं — इरानले तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने एक नयाँ आणविक ऊर्जा संयन्त्र बनाउनका लागि रुससँग वार्ता शुरू गरेको छ ।
इरानको तसनीम समाचार एजेन्सीले ऊर्जामन्त्री रेजा अर्दाकनियनलाई उद्धृत गर्दै शनिवार बताएअनुसार, इरानसँग अहिले एक हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता छ ।
इरानको बुशहरमा पहिलेदेखि नै रुसले बनाएको आणविक संयन्त्र क्रियाशील छ । रुसले सन् २०१४ मा इरानसँग आठ अन्य संयन्त्र निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थियो ।
इरानको आणविक आकांक्षालाई नियन्त्रण गर्नका लागि अमेरिकाले गरेको सम्झौताबाट गत मे महिनामा पछि हटेपछि उसमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
एजेन्सी