२६ जेठ २०८३, मंगलबार

विल्ली बोलीको तुलना गरियो म्याराडोनासँग

विल्ली बोलीको तुलना गरियो म्याराडोनासँग

काठमाडौं — प्रेमियर लीगमा शनिवार भएको खेलमा वुल्भ्स क्लबका विल्ली बोलीले हातले गोल गरेपछि उनको तुलना म्याराडोनासँग गरिएको छ । 

वुल्भ्सको गृहमैदान मोलिन्यूमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा बोलीले हाते गोल गरेका थिए । म्याराडोनाले सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध हातले गरेको गोल कुख्यात बनेको थियो ।

वुल्भ्सका यी सेन्टरब्याक खेलाडील योआओ मउटिन्होबाट पाएको क्रसलाई दाहिने हातबाट गोल गराएका थिए । 

सिटीका कप्तान भिन्सेन्ट कम्पनीले विरोध गरेको भएपनि रेफ्रीले गोललाई मान्यता दिए । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले यस सीजनमा पहिलोपटक विपक्षी टीमलाई अग्रता दिलायो । 

प्रशंसकहरूले भिडियो असिस्टेन्ट रेफ्री (भार) ल्याउनुपर्ने माग गरे । भार भएको भए यो गोललाई कदापि मान्यता दिइँदैनथियो । 

यसरी झेल्ली गोल गरेपनि वुल्भ्सको अग्रता धेरै बेर कायम रहेन र ६९औं मिनेटमा सिटीका सेन्टरब्याक एमेरिक लापोर्टले गोल गरेर बराबरी गरे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्