×

NMB BANK
NIC ASIA

आउनुहोस्, एउटा महायज्ञ गरौं (कविता)

भदौ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वीरेन्द्र कटुवाल

आउनुहोस्, 
सबैजना मिलेर, 
त्यागेर – लोभ, लालसा, प्रतिशोध र रिसराग,
एउटा यज्ञ गरौं, 
महायज्ञ !
र, मिष्ठान्न भोजनहरूको,
हवन गरौं ।
यसकारण,
कि, 
भएजस्तो छैन, 
प्रभुहरूको देह प्रसन्न मतदानले मात्रै,
अब,
गोदान पनि गरौं, भूदान पनि गरौं, 
प्रभुहरूको चित्त, प्रसन्न हुनेगरी,
पुस्तौं–पुस्तालाई पुग्नेगरी,
दिल खोलेर,
सुन, चाँदी, हीरा, मोती,
द्रव्य र जवाहरतहरू पनि दान गरौं ।

Muktinath Bank

र,
ख्याल गरौं, 
प्रभुहरूको कामेच्छाको पनि,
दान गरौं सुरा र देवकन्याहरू पनि । 
सबैथोक दान गरौं,
आरती गरौं, धूपबत्ती गरौं, 
सभक्ति पूजापाठ गरौं । 
आउनुहोस्,
एउटा महायज्ञको प्रायोजन गरौं, 
महादानको आयोजन गरौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रभुहरूको यो,
नक्रः (गोही) अवतारको, 
भक्तिपूर्वक उपसना गरौं । 
श्राप नलागोस् भनेर– छोरीचेलीहरूको,
एउटा महायज्ञ गरौं,
प्रसन्न चित्तले सबैथोक दान गरौं,
र, 
अलिकति भएपनि, 
गोहीको आँखामा दयाको आँसु,
माग गरौं ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x