×

NMB BANK
NIC ASIA

गीतिकाव्य ‘मुनामदन’ अब नाटकमा हेर्न पाइने

भदौ १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ । 

Muktinath Bank

खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दैछ । आफू मोरङ जाँदा त्यहाँका कलाकारको सक्रियतामा त्यहाँ मञ्चन गरिएको देखेपछि काठमाडौँमा पनि यसलाई मञ्चन गर्ने सोच बनाएको निर्देशक सविन कट्टेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“स्थानीय प्रतिभालाई बाटो देखाउन मैले यो प्रयास गरेको हुँ ”, उनले भने, “विराटनगरका कलाकारले सुन्दर एक तलाको घर बनाएका थिए, त्यसमा तला थप्ने काममा म प्रयास गर्दैछु ।” 


Advertisment
Nabil box
Kumari

मोफसलका कलाकारमा लुकेर रहेका प्रतिभालाई उजागर गराउने उद्देश्यले आफूले फरक तरिकाले कृतिलाई अघि बढाएको उनको भनाइ छ । ‘मुनामदन’को नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटवाल दीपकले गरेका छन् । नाटकमा मदनको भूमिकामा निर्देशक कट्टेल तथा मुनाको भूमिकामा दीपा पोखरेल छन् ।

Vianet communication
Laxmi Bank

अन्य कलाकारमा मदनकी आमाको भूमिकामा सुष्मा निरौला, दिदीको भूमिकामा पवित्रा खड्का, ठूलेको भूमिकामा लकेश राई र गगनेको भूमिकामा एन्जन पौडेल रहनेछन् ।

त्यस्तै सरिता ढुङ्गाना, सञ्जीव राई, जिना राईलगायत कलाकारको भूमिका रहनेछ । पहिलो दिन बुधबार दर्शकको उपस्थिति उल्लेख्य थियो । 

आफ्नो मृत्युअघि देवकोटाले “म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाहिँ नजलाउनू” भनेको बताइन्छ । साझा प्रकाशनबाट प्रकाशन हुने कृतिमध्ये धेरै समयदेखि सबभन्दा बढी बिक्ने पुस्तकमा पनि मुनामदन नै पर्छ । ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दीमनले’ र ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ जस्ता मनै छुने श्लोक ‘मुनामदन’मा उल्लेख छ । 

खण्डकाव्यको कथा यस्तो छः समाजमा धारो बनाउने आफ्नी आमाको इच्छा पूरा गर्न भोट गएका मदन फर्कंदा बाटामा बिरामी हुन्छन् । सँगै गएका साथीहरुले छाडेपछि उनलाई एक जना भोटेले फेला पारी उपचार गर्न आफ्नो घर ल्याउँछन् । उनको एक साथीले चाहिँ मदन उतै मरिसकेको खबर पठाइसकेको हुन्छ । उपचारपछि मदन घर फर्किँदा उनकी आमा र श्रीमतीको मृत्यु भइसकेको हुन्छ । 

केन्द्रमा मात्र नभएर मोफसलमा पनि सशक्त कलाकार रहेको उदाहरण दिन नाटकलाई काठमाडौँमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।

शनिबारबाहेक साँझ ५ः३० बजे मञ्चन गरिने नाटक शनिबार भने अतिरिक्त अपराह्न १ बजे पनि देखाइनेछ । रासस/कुमार चौलागाईँ 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x