२७ जेठ २०८३, बुधबार

नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गबारे सम्झौता

नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गबारे सम्झौता

काठमाडौं – नेपाल र भारतबीच रक्सौल-काठमाडौं विद्युतीय रेलमार्गको इञ्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रवार भएको भेटवार्तापछि सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुवै प्रधानमन्त्रीको उपस्थितमा नेपलका तर्फबाट रेल विभागका महानिर्देशक अनन्त आचार्य र भारतका तर्फबाट राजदूत मञ्जीभसिंह पूरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार रक्सौल-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन हुनेछ ।

सम्झौताअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

भेटमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धबारे छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले ट्वीटरमा लेखेका छन् ।

फोटो सौजन्य : प्रदीपराज वन्त

salt training

कमेन्ट गर्नुहोस्