
काठमाडौं– मिस टिन कलेको उपाधी आस्मा अधिकारीले जितेकी छिन् भने कलेज ह्याण्डसमको अवार्ड शिव आले विकले हात पारेका छन् ।
काठमाडौं बिहीवार सम्पन्न मिस टिन कलेजको अर्वाड जडिबुटीकी अधिकारीले पहिरेकी हुन् भने कलेज हेण्डसम अवार्ड तनहुँका विकले जितेका हुन् ।
मिस टिन तर्फ फस्र्ट रनर अप श्रृशा अर्याल, सेकेण्ड रनरअप सरिस्मा ठकुरी, सिजन मिडिया अरगनाइजर चोवाइस सुम्निमा राइले जितेका छन् । यस्तै कलेज हेण्डसम अन्तर्गत फस्र्ट रनर अप सुर्दशन श्रेष्ठ, सेकेण्ड रनरअप निवास राज वन्त र सिजन मिडिया अरगनाइजर चोवाइस नवराज घिमिरेले जितेका छन ।
“कृएट योर कलेज आइडिन्टेटी” भन्ने मूल नाराका साथ सिजन मिडियाले विगतगत ६ वर्ष देखि निरन्तररुपमा आयोजना गर्दै आएको ‘मिस टिन कलेज २०१८’को छैटौं सँस्करण र सिजन मिडियाको दशौं वर्षको उपलक्ष्यमा पहिलोचोटी आयोजना गरिएको “कलेज हेन्डसम” नेपालको अन्तिम प्रतियोगीता सम्पन्न गरेको हो ।

प्रतियोगीतात्मक कार्यक्रमले उनीहरुलाई उच्च शिक्षा अध्ययनको लागि सहयोग पु¥याउनु साथै प्रतियोगीहरुको व्यक्तित्व विकास, उत्प्रेरणा शक्ति बढाउने, आत्मविश्वास अभिवृद्धि गराउने, नेतृत्वदायी क्षमताको विकास गराउने र सहि मार्ग निर्देशन गर्दै समाजमा शिक्षित, सवल र जिम्मेवार व्यक्तिको रुपमा रुपानन्तरण गर्न सहयोग पुगोस भन्ने उदेश्यले यस्ता प्रतियो गिताहरु आयोजना गर्दै आएको सिजन मिडियाका प्रदीप राज वन्तले बताए ।
करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरीक प्रशिक्षणको क्रममा अफिसियल कोरीयोग्राफर रोजीन शाक्यद्धारा व्यक्तित्व विकास साथै स्टेज पर्फमेन्सको तयारी कक्षाहरु सि डव्लुपाटी प्यालेसमा गराउनु भएको थियो भने त्यस्तै गरि फिजिकल फिटनेश, मेक अप सम्वन्धी कक्षाहरु, ट्राफिक नियम ,टेवल म्यानर सम्वन्धी कक्षाहरु, वैदेशिक शिक्षा सम्वन्धी जानकारी लगायतका विभिन्न विषयहरुका अतरक्रियात्मक कार्यक्तमहरु सन्चालन गरेका थियौं ।

त्यसै गरि सामजिक कार्यक्रम अन्तरगर्त अपाङ वालवालिका सेवा केन्द्रको भ्रमण , वागमति सरसफाईमा सहभागी गराएको वन्तले बताए ।
मिस कलेज र कलेज हेण्डसको जज्को रुपमा नेपाल एयर लाएन्सका अच्युराज पहाडी, काठमाडौं भ्याली स्कुलका अध्यक्ष स्वागत श्रेष्ठ, सिजी एजुकेसनकी प्रमुख ग्रिर्ले अग्रवाल, पाटन कलेजका प्रोफेसर अनिस मण्डल, सौर्य दैनिकका समाचार प्रमुख गणेश वस्नेत, एलिभ फिटनेसकी प्रमुख देविका राई, सिमृक एयरलाइन्सकी क्रियु प्रमुख अस्मीता खनाल र एलिसा शाक्य तुलाधारले निर्वाह गरेका थिए ।