कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
असोज ५, २०७५
काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरिरहेका ट्याङ्कर चालकविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले फौजदारी संहितामा असहमति जनाउँदै ढुवानी ठप्प पारेका ट्याङ्करको साँचो थुतेर चलाउन थालेको हो ।
गत बुधवारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकर आन्दोलनमा उत्रेका चालकहरूसँग मन्त्रालयले पटक-पटक वार्ता गरेको थियो । सहमति नजुटेपछि चालकहरूले ढुवानी सुचारु गरेनन् ।
सरकारले दिएको चेतावनी समेत अटेरी गरेपछि शुक्रवार बिहानदेखि मन्त्रालयले चाबी थुत्न शुरू गरेको आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले लोकान्तरलाई जानकारी दिए ।
विष्टका अनुसार मन्त्रालयले अमलेखगञ्ज र भैरहवामा गरी ३० वटाभन्दा बढी ट्याङ्कर नियन्त्रणमा लिई चलाउन शुरू गरिसकेको छ ।
नेपाल प्रहरी र नेपाल आर्मीमा तालिमप्राप्त चालकहरूलाई लिएर मन्त्रालयले पेट्रोलियम पदार्थ ढुवानी गर्न शुरू गरेको छ ।
अहिले करीब साढे १८ सय ट्याङ्करहरूले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेको छन् । यसमध्ये केहीले मात्रै शुक्रवार बिहानदेखि ढुवानी सुचारु गरेका छन् ।
तेलमा कोटा प्रणाली
यसैबीच सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा प्रणाली लागू गरेको हो ।
मोटरसाइकल, स्कूटरलाई पाँच लिटर, हल्का सवारी साधान कार, भ्यानलाई बढीमा १५ लिटर डिजेलबाट चल्ने सवारीलाई ५० लिटर र लामो दूरीका सवारीसाधनलाई १०० लिटर उपलव्ध गराउन निर्देशन दिएको छ ।
आयात रोकिएसँगै काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा सवारी साधनको लामो लाइन देखिएको छ । नाकाबन्दीको समयमा जस्तै सर्वसाधारण पम्पको अगाडि लाइनमा छन् ।
पेट्रोलियम पदार्थ ढुवानीको मुख्य नाका रक्सौलबाट असोज २ गतेदेखि इन्धन भित्रिन सकेको छैन । आयल निगमसँग इन्धन स्टक गर्ने क्षमता धेरै नहुँदा एक दुई दिनमानै राजधानीमा तेलको हाहाकार पर्न थालेको छ । तर निगमले भने धेरै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसैक्रममा आपूर्ति मन्त्रालयले आन्दोलनमा उत्रिएका चालकको साँचो नियन्त्रणमा लिन थालेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...