×
Bajaj Top
Khukuri
FONEPAY

गर्दनको दुखाइ निको पार्न के गर्ने ?

काठमाडाैं | मंसिर १७, २०७८

NTC
TVS INSIDE

काठमाडौं — लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउँछौं होला ।

Sanima Bank
morang Auto yamaha

अनि त गर्दन दुख्ने र अनेकथरी रोग लाग्ने त भइहाल्छ नि । हामी गर्दनको पीडा निको गर्ने केही योगासनहरूको चर्चा गर्दैछौं । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बालासन
यो आसनले गर्दनको पीडामा राहत दिन्छ र ढाडको पीडाबाट पनि मुक्त गर्छ । 

यो आसन गर्नका लागि योगा म्याटमा घुँडा टेकेर बस्नुस् । अब शिरलाई जमीनमा पु–याउने प्रयत्न गर्नुस् । आफ्ना हातहरूलाई शिर नजिक राख्दै अगाडितर्फ सीधा राख्नुस् । त्यतिखेर तपाईंका हत्केलाले भुइँ छोएको हुनुपर्छ । नितम्बलाई घुँडातर्फ लगेर सास छोड्नुस् । 

यस स्थितिमा १५–२० सेकेन्डसम्म बस्नुस् र सामान्य स्थितिमा आउनुस् । 

यो आसन गर्दा गर्दनको पीडा हराउँछ र मन पनि शान्त हुन थाल्छ अनि कम्मर, तिघ्रा र पिडुँलाहरू लच्किलो हुन थाल्छन् । 

 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मत्स्यासन
यो आसनले गर्दन र काँधका मांसपेशीलाई तनावमुक्त गराउँछ ।

यसका लागि म्याटमा ढाड अड्याएर पल्टिनुस् ।

अब आफ्ना कुहिनाको सहारामा शिर र शरीरलाई भुइँमा राख्नुस् अनि ढाडको माथिल्लो भाग र गर्दन चाहिँ भुइँबाट माथि उठाउनुस् । 

आफ्ना हातहरूलाई सीधा गरेर पेटमा राख्नुस् । 

जतिबेर यस अवस्थामा रहन सक्नुहुन्छ रहनुस् अनि सामान्य स्थितिमा फर्किनुस् । 

विपरीतकर्णी आसन
यो आसन गर्दा गर्दनको पछिल्लो भागलाई मालिश गरेको जस्तो फाइदा हुन्छ र थकान हट्छ अनि गोडा बाउँडिएको पनि ठीक हुन्छ ।

यो आसन गर्नका लागि ढाड पल्टाउनुस् । 

आफ्ना गोडाहरूलाई भित्ताको सहारामा माथि उचाल्नुस् ।

आफ्ना हातहरू फैलाएर शरीरको दुवैतर्फ भुइँमा राख्नुस् अनि हत्केलालाई आकाशतर्फ खुला राख्नुस् । 

केही सेकेन्ड यस मुद्रामा रहँदै गहिरो सास फेर्नुस् र बिस्तारै सामान्य अवस्थामा आउनुस् । 

यसबाहेक मार्जरी आसन, भुजंगासन र शवासनले पनि पीडा हटाउन मद्दत गर्छन् । 

 

एजेन्सी

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ । यही माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउ...

माघ ३, २०७८

काठमाडौं- तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको...

माघ ३, २०७८

अहिले अत्यधिक जाडो बढेकाले धेरैजना रुघाखोकी र ज्वरो आएर लडिरहेका छन् ।  त्यसमाथि कोरोनाको ओमिक्रोन भैरिएन्ट पनि देखिएकाले मानिसहरूको स्वास्थ्यस्थिति कमजोर छ । यस्तो बेलामा स्टीम वा बाफ लिनु लाभदायक ...

माघ २, २०७८

बिहान छिटो उठ्नु राम्रो स्वास्थ्यको गुरुमन्त्र हो । तर बिहान उठ्नेबित्तिकै के गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।  बिहान उठ्नेबित्तिकै काममा जोतिन थाल्दा दिनभरि थकान र छटपटी हुन्छ । यसले दिन बिगार्ने ...

माघ ३, २०७८

कोरोनाभाइरस (कोभिड– १९)को नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र गतिमा फैलिए पनि अस्पतालहरूमा कोरोना संक्रमितको चाप न्यून देखिएको छ । अघिल्लो वर्ष कोरोनाको डेल्टा भेरियन्ट फैलिँदा अस्पतालहर...

माघ ३, २०७८

कोरोना भाइरस संक्रमणको तेस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमणको ग्राफ उकालो लागेको छ । कोरोना बढेसँगै सीमा नाका भएर ओहोरदोहोर गर्नेहरूको भीड समेत बढेको छ तर स्वास्थ्य सुरक्षा संवेदनशीलता अपनाइएको छैन ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...