×
Bajaj Top
Khukuri
FONEPAY

गर्दनको दुखाइ निको पार्न के गर्ने ?

काठमाडाैं | माघ ४, २०७८

NTC
TVS INSIDE

काठमाडौं — लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउँछौं होला ।

Sanima Bank
morang Auto yamaha

अनि त गर्दन दुख्ने र अनेकथरी रोग लाग्ने त भइहाल्छ नि । हामी गर्दनको पीडा निको गर्ने केही योगासनहरूको चर्चा गर्दैछौं । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बालासन
यो आसनले गर्दनको पीडामा राहत दिन्छ र ढाडको पीडाबाट पनि मुक्त गर्छ । 

यो आसन गर्नका लागि योगा म्याटमा घुँडा टेकेर बस्नुस् । अब शिरलाई जमीनमा पु–याउने प्रयत्न गर्नुस् । आफ्ना हातहरूलाई शिर नजिक राख्दै अगाडितर्फ सीधा राख्नुस् । त्यतिखेर तपाईंका हत्केलाले भुइँ छोएको हुनुपर्छ । नितम्बलाई घुँडातर्फ लगेर सास छोड्नुस् । 

यस स्थितिमा १५–२० सेकेन्डसम्म बस्नुस् र सामान्य स्थितिमा आउनुस् । 

यो आसन गर्दा गर्दनको पीडा हराउँछ र मन पनि शान्त हुन थाल्छ अनि कम्मर, तिघ्रा र पिडुँलाहरू लच्किलो हुन थाल्छन् । 

 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मत्स्यासन
यो आसनले गर्दन र काँधका मांसपेशीलाई तनावमुक्त गराउँछ ।

यसका लागि म्याटमा ढाड अड्याएर पल्टिनुस् ।

अब आफ्ना कुहिनाको सहारामा शिर र शरीरलाई भुइँमा राख्नुस् अनि ढाडको माथिल्लो भाग र गर्दन चाहिँ भुइँबाट माथि उठाउनुस् । 

आफ्ना हातहरूलाई सीधा गरेर पेटमा राख्नुस् । 

जतिबेर यस अवस्थामा रहन सक्नुहुन्छ रहनुस् अनि सामान्य स्थितिमा फर्किनुस् । 

विपरीतकर्णी आसन
यो आसन गर्दा गर्दनको पछिल्लो भागलाई मालिश गरेको जस्तो फाइदा हुन्छ र थकान हट्छ अनि गोडा बाउँडिएको पनि ठीक हुन्छ ।

यो आसन गर्नका लागि ढाड पल्टाउनुस् । 

आफ्ना गोडाहरूलाई भित्ताको सहारामा माथि उचाल्नुस् ।

आफ्ना हातहरू फैलाएर शरीरको दुवैतर्फ भुइँमा राख्नुस् अनि हत्केलालाई आकाशतर्फ खुला राख्नुस् । 

केही सेकेन्ड यस मुद्रामा रहँदै गहिरो सास फेर्नुस् र बिस्तारै सामान्य अवस्थामा आउनुस् । 

यसबाहेक मार्जरी आसन, भुजंगासन र शवासनले पनि पीडा हटाउन मद्दत गर्छन् । 

 

एजेन्सी

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइ...

माघ ५, २०७८

काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...

माघ ४, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलवार बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्राल...

माघ ५, २०७८

कोभिड महामारी चलिरहँदा इम्युनिटीमा एकदमै ध्यामन दिनुपर्ने भएको छ । तर कतिपय मानिसलाई इम्युनिटी सिस्टम कमजोर भएको थाहै हुन्न । यहाँ हामी इम्युनिटी कमजोर भएको लक्षणहरू बताउनछौं ।  रुघाखोकी वयस्क मा...

माघ ४, २०७८

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बढ्दो कोरोना संक्रमितको संख्या सुनेर आत्तिन नहुने बताएका छन् । ओमिक्रोन छिटो फैलिने भएपनि त्यति सिकिस्त नपार्ने प्रजाति भएको उनको भनाइ छ । ‘दैनिक संक्रमितको संख्या सुन्दा संक्...

माघ ५, २०७८

बदाम स्वास्थ्यवर्द्धक हुन्छ । तर, केही व्यक्तिले भने बदाम खाँदा समस्या हुनसक्छ ।  कसैलाई पाचन सम्बन्धी समस्या छ भने उसले बदाम खानु हुँदैन । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनसम्बन्धी समस्यालाई ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...