
काठमाडाैं- नेपाली सेनाले देशभरका सैनिक ब्यारेक तथा कार्यालयको नक्सापास गर्न अस्वीकार गरेको छ ।
भवन निर्माणसम्बन्धी बनेका ऐन-नियम, निर्देशिका तथा कार्यविधिको उल्लंघन गर्दै सेनाले नक्सापास गरेर त्यसको विवरण स्थानीय निकायलाई दिन नमानेको हो ।
पछिल्लो १० वर्षमा सेनाले १५ अर्बभन्दा बढीको भौतिक संरचना निर्माण गरिसकेको छ । तर कानुनतः ती संरचना अवैधानिक छन् । देशभर सेनाका ब्यारेक तथा कार्यालयका लागि निर्माण गरिएका भौतिक संरचनाको संख्या १० हजारभन्दा माथि छ ।
पुनर्निर्माण बजेटबाट सेनाले सैनिक मुख्यालय, सैनिक प्रहरी गण, भैरवनाथ गण, वीरेन्द्र अस्पताल छाउनी, गणेशदल गण (तोपखाना) लगायत देशभर ५ हजार ८ सय ५० संरचना बहुवर्षीय परियोजना अन्तर्गत निर्माण कार्य जारी राखेको छ ।
यसबाहेक २०६७ सालबाट वार्षिक १ अर्ब २० करोडका दरले बंकरबाट ब्यारेक संरचना निर्माणमा सरकारले बजेट उपलब्ध गराउँदै आएको छ । अाजकाे काराेबार दैनिकमा खबर छापिएकाे छ ।