२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री ओली कोस्टारिकामा- रात्रिभोजमा सहभागी

असोज १५, २०७५
प्रधानमन्त्री ओली कोस्टारिकामा- रात्रिभोजमा सहभागी
फाइल तस्वीर

कोस्टारिका- प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । 

कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको थियो । 

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्